free website hit counter

श्रावण १२ देखि १८ गतेसम्म

beemaadmin
२०७८ श्रावण १२, मंगलवार

१२ गते मंगल चौथी । १४ गते विश्व बाघ दिवस । १५ गते खिर खाने दिन ।

मेष : आफना कमजोरीबाट फाइदा उठाउनेहरु सल्वलाउन सक्छन् उचित ध्यान दिनु होला । विपरीत लिंगीको नाटकिय प्रेममा हेक्का राखी अघि बढदा वेश होला । साथीहरुले वचन फेर्दा आफुलाई चोट पुग्न सक्छ । मझौला तथा ठुला दुवै खाले लगानिमा आर्थिक हानीको सामना गर्नुपर्ला । यात्रा गर्दा असावधानीले दुर्घटना निम्तियाउन सक्छ । सम्पन्न हुन लागेको कार्यमा पारिवारिक खिचातानीले रोकावट आउन सक्छ ।

वृष : अध्यात्मिक चिन्तनले समाजसेवातर्फ अभिप्रेरणा जगाउन सक्छ । पहिलेका कमजोरीहरु सच्याउँदै बिग्रिएको सम्बन्ध सम्बन्ध पुनः सुमधुर बनाउन सकिनेछ । अरुको मन जित्नाले सजिलै सहयोग जुटनेछ । अध्ययन अध्यापनमा ध्यान केन्द्रित हुनेछ । काम देखाएर धेरैको प्रशंसा बटुल्न सकिनेछ । प्रतिस्प्रर्धीहरुलाई पछि पार्दै विशेष कामको जग बसाउन सकिनेछ । व्यावसायले विदेशयात्राको अवसर जुटाउन सक्छ ।

मिथुन : तपाईको निर्णय क्षमताले विभिन्न अवसरको ढोका खोल्नेछ । प्रतिस्पर्धाबाट सफलाको इनाम प्राप्त हुनेछ । आवेशबाट गरिएका कार्यले परिणामको नजिक पुग्न कठिन हुने छ । पहेला रंगहरुको प्रयोग गर्नाले शुभ संकेत प्राप्त भई पश्चिम तर्फको यात्रा लाभदायक देखिन्छ ।

कर्कट : मित्र तथा नातेदारको बोलावटमा संलग्न हुदाँ अधिक मनोरञ्जन भै शरिरिक थकानको महशुस हुनेछ । लामो तथा छोटा दुरीको यात्रामा खराब आचरण भएकाबाट टाडा रहदै सावधानी पूर्वक प्रतिष्ठा जोगाउने प्रयत्न गर्नुहोला । खेलकुद तथा प्रतिस्र्धामा भाग लिदाँ परिणाम आफ्नो पोल्टामा नै पर्न सक्छ ।

सिंह : लगानी गरे अनुरुप भबिष्यको निम्ति जग बस्नेछ । रचनात्मक काम गरेर पुरानो पद्धतीमा सुधार ल्याउन सकिनेछ । मनग्य आम्दानी हुने नोकरी प्राप्त हुन सक्छ । कामको सन्दर्भमा बिशिष्ट व्यतिहरुसगँ मित्रता बढ्नेछ । पैत्रिक सम्पत्तिको उपयोग गरि थप फाइदा उठाउन सकिनेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ ।

कन्या : मुनाफा हात पर्ने व्यवसाय सुरुवात गर्न साझेदारीहरुबिच मत मिल्ने छ तर चियोचर्चो गर्नेहरुबाट सावधानी अपनाउनु होला ।मर्यादा पालन नगर्दा अफिसियल कार्यमा अवरोध सृजना हुन सक्छ ।प्रेमिकाले पर्यटकिय क्षेत्रमा भ्रमण गर्ने प्रस्ताव राख्ने छिन , उनको अनुरोधलाई सहजै स्वीकार्दा विशेष फाइदा हुन सक्छ । सवारी साधन चलाउँदा विशेष संयमता अपनाउनु होला ।

तुला : नयाँ बर्षसगै रोजगारीको अवसर समेत प्राप्त हुनेछ । साता उत्साहप्रद तथा विभिन्न खाले मनोरञ्जनले वित्नेछ । धार्मीक भ्रमण गर्दा प्रेमिकाले नौलो धातु उपहार प्रदान गर्न सक्छिन् । योजना विना साथिसँग नयाँ स्थानको भ्रमण गर्दै मिष्ठान्न भोजनको रसापान लिइने छ । पुरख्र्याैली धन खर्च गरी सवारी साधन खरिद गर्नै मत मिल्नेछ ।

वृश्चिक : मन मिल्ने साथीसगँ यात्रा गर्दा नसोचेको फजुल खर्चले सताउनेछ । टाडा रहेका साथीका सुझावलाई अनुशरण गर्दा गतिलो अवसर हात लाग्नेछ । स्वदेशमा नै नौला स्थानको भ्रमण गर्दै मनोरञ्जन गरिनेछ । विपरित लिङ्गी साथीलाई बचन दिदाँ संयम अपनाउनुहोला । सामाजिक कार्य सम्पन्न गर्न सहभागिताको अवसर जुर्नेछ ।


धनु : यो साता पूर्वतर्फको यात्रा गर्ने अवसर जुर्नेछ । कार्य व्यस्तताको कारण घरपरिवारमा खटपट हुन सक्छ जसलाई निर्मुल गर्न घरपरिवारमा समय खर्चिनु पर्ने हुन्छ । मन पराउने तथा प्रेम प्रस्ताव राख्नेहरुसगँ सचेत रहनु नै आफनो हितमा हुनेछ । मंगलबार पछिका दिनहरुमा पूण्य आर्जन गर्न आस्था बढ्नेछ । जुस तथा पहेला फलफुल सेवनमा विशेष जोड दिनुहोला ।

मकर : मौसमी फेरबदलबाट आइलाग्ने अस्वस्थतामा समय खर्चिनु पर्ला । केहि समय यता देखिएको प्रेमिकासंगको खल्लोपन प्रेममा परिणत हुनेछ । भित्र भित्रै चियो चर्चा गर्नेहरुसंग सावाधानी अपनाउनु बेश हुनेछ । मझौला व्यवसाय फष्टाउन नसक्दा थप लगानीले पिरोल्न सक्छ । साताको अन्त्यमा भने गतिलो प्रविधिक कम्पनीमा रोगारीको अवसर हात लाग्नेछ ।

कुम्भ : मेहनत , कर्मठ , लगनशिलताले प्रतिष्ठा दिलाउने छ । गरिब असाहाय व्यातिहरुलाई गरेका सहयोगले मनको चिन्ता सृजनाशिल कार्यमा परिर्वतन हुनेछ । प्रतिस्प्रर्धिहरुलाई पछि पार्दै पुरस्कार उपहार प्राप्त गर्ने अवसर प्राप्तहुनेछ । मित्रहरुले महत्वपूर्ण जिम्मेवारी प्रदान गर्ने छन धैर्य भई कार्य गरेमा कार्य सम्पन्न गर्न सक्नुहुन्छ । धार्मीक यात्रामा जादाँ विशिष्ट व्यतिmसग भलाकुसारी हुनेछ ।

मीन : सहपाठी मित्रहरुबिच कार्यगत एकता भै नयाँ कार्यको श्री गणेश गरिनेछ । आर्कषकयुत्त रोजगारी हात लाग्दा साथीभाइबिच चर्चित भइनेछ । ठुलो लगानी गरी व्यवसाय प्रारम्भ गर्दा विदेश यात्राको मौका जुर्नेछ । मनोरञ्जनात्मक क्र्रियाकलापमा सहभागी हँुदा विवेक पुर्याउनु पर्नेछ । घरायसी सजावटमा नव निर्मित सामाग्री खरिद गरी अरुको प्रशंशा बटुल्न सकिनेछ ।

 

 

सम्बन्धित समाचार

श्रावण २८ देखि भाद्र २ गते सम्म

beemaadmin
२०७८ श्रावण २८, बिहीबार

असार ३० देखि श्रावण ६ गतेसम्म

beemaadmin
२०७८ असार ३०, बुधबार

असार १५ देखि २२ गते सम्म ।

beemaadmin
२०७८ असार १५, मंगलवार