free website hit counter

श्रावण २८ देखि भाद्र २ गते सम्म

beemaadmin
२०७८ श्रावण २८, बिहीबार

२९ गते नाग पञ्चमी । ३१ गते रवि सप्तमी, तुलसीदास जयन्ती । १ गते भाद्र संक्रान्ती ।

मेष : साझेदारीबाट थालिएका कार्यले फाइदा पुर्याउदै अन्य अवसरका ढोका खोल्ने छ । रोजगारी तथा पदोन्नती प्राप्त गर्न कडा मेहनत गर्नुपर्ला । ठुला लगानीले सुरु गरेका व्यवसायमा प्रशस्त मुनाफा हात लाग्ने छ । प्रेमीकासगँको खटपटमा मौन रहनु उपयुत्त हुनेछ । पूर्वतर्फको यात्रा फलिफाप हुनेछ ।

वृष : दृढताका साथ गरिएका सबै खाले कार्यमा सफलता हात लाग्ने छ अभिभावकको सुझाव मनन गर्दा थप उचाइमा पुगिनेछ । विशेष कार्य योजनाको जग बसाइनेछ जसका कारण उपहारका साथ माया गर्ने व्यात्तिहरुको ओइरो लाग्न सक्छ फलस्वरुप नाम , दाम आर्जन गर्न सकिनेछ ।

मिथुन : मझौला किसिमका लगानीबाट मुनाफा आर्जन गर्न केही समय कुर्नु पर्नेछ । मन पराउने साथीको दोहोरो चालचलनले नैराश्यता उत्पन्न गराउनेछ । नयाँ स्थानहरुको भ्रमण गर्नाले खर्च वृद्धि हुदाँ आवश्यक खर्चको जोहो गर्नु पर्नेछ । सामाजीक क्षेत्रमा कार्य गर्ने अवसर मिल्ने छ ।

कर्कट : ढिलो गरि गरिएका जटिल कार्यद्धारा प्रतिष्ठा प्राप्त हुनेछ । विशेष प्रकारका नौला मित्रहरुसगँ परिचित हुने अवसर मिल्ने छ । आलोचना गर्नेहरु बढी नै हुने भएता पनि तपाईका दृडताले पराजय सामना गर्नु पर्ने छैन । इटाँ रंग प्रयोग गर्दा तपाईको मेहनत खेर जाने छैन । कार्य क्षमतामा स साना त्रुटीहरुले तपाईको मर्यादामा चोट पुर्याउन सक्छन् ।

सिंह : हुलमुलमा धन तथा गहना जोगाउने चेष्ठा गर्नुहोला । पारिवारिक खिचतानीले भै सकेको कार्य पनि ओझेलमा पर्न सक्छ । पैत्रिक सम्पत्तिको उपयोग गर्दा थप पाइदा उठाँउन सकिनेछ । प्रेम सम्बन्धमा सावधान अपनाए आफनो कल्याण हुनेछ । रात्रिको यात्रा गर्दा चिसोबाट जोगिने प्रयत्न गर्नुहोला ।

कन्या : यो साता कर्मचारी वर्गले कार्य सम्पादन गर्दा विशेष होशियार अपनाउनु नै उचित हुनेछ । सामाजिक सञ्जाल तथा भोजभतेमा सामेल भै समय खर्च गरिनेछ । परिवारका जेष्ठ सदस्यको भुमिकामा विशेष लगानीको वातावरण बन्दैछ । झिना मसिना कुरामा नलागी एकचित भै लक्ष्य तर्फ लम्किन सकिनेछ ।

तुला : रोकिएका कार्यहरुको गाँठो फुक्ने सम्भावना छ । कुनै कार्य सम्पन्न गर्दा ढिलाइ नगर्नु होला , पछि परिनेछ । अधुरा रहेका कतिपय चाहाना पुरा गर्ने समय आएको छ । आर्थिक क्षेत्रमा प्रभुत्व जमाउन केही समय कुर्नुपर्नेछ । साताको अन्त्यमा प्रेमिकाले नयाँ प्रस्ताव राख्ने सम्भावना छ । सवारी साधन चलाउँदा संयमता अपनाउनु पर्नेछ ।

वृश्चिक : नयाँ मित्रसगँ मनोरञ्जनात्मक स्थानहरुमा भ्रमण गर्ने मौका जुटन सक्छ । आवेशमा गरिएको कामले उल्टो परिणामा दिन सक्छ । सभा सम्मेलन तालिम आदिमा सहभागी हुने अवसर प्राप्त हुन सक्छ । विपरित लिंगी साथी तपाईप्रति आर्कषित भएको अवस्थाले उमंग सृजना गर्न सक्छ । पश्चिमतर्फको यात्रा लाभदायक हुनेछ ।

धनु : आफन्त तथा छरछिमेकीको मंगलिक कार्यमा अपस्थित हुदाँ , आफनो बहुमुल्य सरसामानप्रति विशेष निगरानी राख्नुहोला । कार्य स्वरुप एवं परिस्थिती अनुरुप कम बोल्दा आफुलाई फाइदा पुग्नेछ । जटिल सामाजिक कार्य सम्पन्न गर्न तन , मन , धन नै खर्च गरी सहयोग गर्नु पर्नेछ । सवारी साधन चलाउँलदा संयम अपनाउनुहोला ।

मकर : छात्रवृत्ति तथा प्रतिस्पर्धाबाट प्राप्त उपलब्धीले विदेशको यात्रा तय हुने सम्भावना टरेको छैन । सहयोगीले दिएको सुझाबको उपेक्षा नगर्दा लाभ पुग्न सक्छ । विलासिता सामाग्रीको खरिदमा पारिवारिक मत मिल्नेछ । भोज भतेरमा संयम पूर्वक मनोरञ्जन गर्नुहोला ।

कुम्भ : आफन्त तथा अभिभावकको सुझावले तपाईलाई व्यवहारीक बन्न प्रेरणा दिनेछ । नयाँ क्षेत्रमा कम बेश लगानी गरे फाइदा नै होला । अर्कालाई छिटो विश्वास गर्ने बानीले पछि परिनेछ । सभा , सम्मेलन तथा तालिममा सहभागी हुने वातावरण सृजना हुन सक्छ , जसमा आफनो प्रतिभाले उच्च कदर प्राप्त गर्नेछ ।

मीन : पुरुषार्थले अप्ठ्यारा समस्या सुल्झाउदै धन एवं प्रतिष्ठा दिलाउन सक्छ । प्रतिकुल परिस्थितिमा शुभचिन्तकहरु कमै हुनेछन भने फाइदा उठाउनेहरु प्रशस्त भेटिनेछन । तत्काललाई समस्या देखिए पनि सोमबारदेखि प्रगतिको मार्ग पहिल्याउन सकिनेछ । काम देखाएर धेरैको प्रशंसा बटुल्न सकिनेछ । समाजसेवातर्फ आकर्षित भइनेछ ।

 

सम्बन्धित समाचार

श्रावण १२ देखि १८ गतेसम्म

beemaadmin
२०७८ श्रावण १२, मंगलवार

असार ३० देखि श्रावण ६ गतेसम्म

beemaadmin
२०७८ असार ३०, बुधबार

असार १५ देखि २२ गते सम्म ।

beemaadmin
२०७८ असार १५, मंगलवार