free website hit counter

श्री लालीगुराँस सहकारीका बचतकर्तालाई बचत फिर्ताका लागि आग्रह

beemaadmin
२०८० चैत्र १६, शुक्रबार

काठमाडौं । एकपछि अर्को सहकारी संस्थाहरु धरासायी बन्दै गएका छन् । सरकारले समस्याग्रस्त श्री लालीगुरासँ बहुउद्देश्यीय सहकारीका बचतकर्ता तथा साहुहरूलाई बचत फिर्ताका लागि मागदाबी पेस गर्न आग्रह गरेको छ । बचत फिर्ताका लागि बचतकर्ताले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको वेबसाइटबाट ३५ दिनभित्र अनलाइन मागदाबी पेस गर्न भनिएको छ । फागुन २९ गते बसेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले सो सहकारीलाई सहकारी ऐन, २०७४ को दफा ११२ बमोजिम समस्याग्रस्त घोषणा गरेको थियो । समस्याग्रस्त घोषणापछि साथै सोही ऐनको दफा १०५ बमोजिम उक्त संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि सरकारले सहकारी व्यवस्थापन समितिलाई पत्र लेखेको थियो ।

सम्बन्धित समाचार