free website hit counter

श्वेतगंगा हाइड्रोले पायो आईपीओ निष्कासनको अनुमति

beemaadmin
२०७९ जेष्ठ १२, बिहीबार

काठमाण्डौ । श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले श्वेतगंगा हाइड्रोपावरलाई  जेठ ११ गते आईपीओ निष्कासनको अनुमति दिएको हो। सेबोन अनुमतिसँगै अब यो कम्पनीले १०० अंकित दरका कुल ३९ लाख ८२ हजार ५०० कित्ता आईपीओ जारी गर्नेछ। यो आईपीओ स्थानीय र सर्वसाधारणका लागि गरी दुई चरणमा निष्कासन गरिनेछ।
श्वेतगंगा हाइड्रोपावरको आईपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ। आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी १ अर्ब ५९ करोड ३० लाख रुपैयाँ पुग्नेछ।

सम्बन्धित समाचार

समानुपातिकमा पनि घण्टीकै दबदबा

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार