free website hit counter

संकटकाे सारथी बन्यो एलआईसी नेपाल

beemaadmin
२०७६ चैत्र २५, मंगलवार

काठमाडौं । मुलुक संकटमा रहेका बेला सबै क्षेत्रले सहयोग गर्नु उसको कर्तव्य हो । अहिले मुलुकभित्र रहेका सरकारी तथा गैर सरकारी संघसंस्थाले सरकारलाई सहयोग गरेर कोरोना पराजित गर्नुपर्ने दायित्व थपिएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपाल) ले सरकारले स्थापना गरेको कोरोना कोषलाई ५१ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । उक्त ५१ लाख रुपैयाँको चेक प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव नारायण प्रसाद बिंडारीलाई एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत एलपी दास, नायब प्रमुख कार्यकारी अधिकृत टी. बर्णवाल र बित्त विभाग प्रमुख विपिनकुमार लालले हस्तान्तरण गरेका हुन् । कम्पनीको संचालक समितिको निर्णय अनुसार कोरोना भाइरससंक्रमण नियन्त्रण तथा जोखिम न्युनीकरणका लागि नेपाल सरकारले स्थापना गरेको “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा” उक्त रुपैयाँ जम्मा गरेको हो ।
प्रमुख कार्यकारी अधिकृत एलपी दासले कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय विपतमा सधै सहयोग गर्ने गरेको बताउँदै कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सवै नागरिक तथा नेपाल सरकारसँग एकजुट भै कार्य गर्न प्रतिबद्ध रहेको बताए ।

सम्बन्धित समाचार