free website hit counter

संक्रमण नियन्त्रणतर्फ, ४३१ घर फर्किंदा ७० जनामा कोरोना देखियो

beemaadmin
२०७७ असार २७, शनिबार

काठमाडौं । नेपालमा कोरोना संक्रमणदर घट्दै गएको छ । पछिल्ला दिनको अवस्था हेर्दा नेपालमा कोरोना संक्रमण नियन्त्रणमा आएको देखिन्छ । विश्वका विकसित भनिएका देशहरुमा समेत कोरोनाको महाकारी उग्र रुपमा फैलिइरहेको बेला नेपालमा भने सक्रमितको संख्या दिनदिनै घट्दै गएको छ । पछिल्लो २४ घण्टामा देशभर ७० जनालाई कोरोना भाइरस रोग पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा देशभर २५ वटा प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ७० जालाई कोरोना पोजेटिभ देखिएको जानकारी दिनुभयो । यो सँगै कोरोना संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ । प्रवक्ता गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ६५८ पीसीआर परीक्षण भएको छ । आइसोलेसनमा ८ हजार २३९ जना रहेका छन् । पछिल्लो २४ घण्टामा ४३१ कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको जम्मा संख्या ८ हजार २३९ रहेको छ । हाल देशभर एक्टिभ केस ८ हजार २३९ वटा रहेको छ । देशभरका क्वारेन्टाइनमा २४ हजार ९१० जना रहेको उहाँले बताउनुभयो । ७७ मध्ये ६ जिल्ला संक्रमण मुक्त भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । कोरोनामुक्त रहेका ६ जिल्लामा धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्ला रहेका छन् ।

थप ३ कोरोना संक्रमितको मृत्यु
कोरोना भाइरस संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रपक्ता प्रा. डा जागेश्वर गौतमले ३ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको जानकारी दिनुभयो । उहाँका अनुसार पाटन अस्पतालमा २ जना पुरुष र एक पुरुषको काठमाडौं मेडिकल कलेज (केएमसी) मा मृत्यु भएको हो । पाटन अस्पतालमा असार १६ गते भर्ना भएका ६० वर्षका पुरुषको असार २६ गते मृत्यु भएको हो । उहाँको फोक्सोमा पानी जम्नुका साथै मिगौंलाको समस्या थियो । उहाँलाई १७ गते कोरोना पुष्टि भएको थियो । यस्तै पाटन अस्पतालमा नै मृत्यु भएका अर्का कोरोना संक्रमित भने क्षयरोगी रहेको प्रवक्ता गौतमले बताउनुभयो । असार १८ गते उपचारका लागि अस्पताल भर्ना भएका ४५ वर्षे पुरुषलाई असार २२ गते कोरोना पोजेटिभ पुष्टि भएको थियो भने असार २५ गते मृत्यु भएको थियो । यस्तै केएमसीमा गोकर्णेश्वरका मिर्गौलाका बिरामी रहेका ५४ वर्षका पुरुषको असार २५ गते मृत्यु भएको जानकारी प्रवक्ता गौतमले दिनुभयो । यो सँगै कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

सम्बन्धित समाचार