free website hit counter

संक्रमण भयावह हुने जर्नेलहरूको हिसाव किताव

beemaadmin
२०७७ असार ७, आईतवार

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण भयावह भएको अवस्थामा ३९ हजार संक्रमित पुग्ने अनुमान गरिरहँदा जंगी अड्डामा जारी नेपाली सेनाका पृतनापतिहरूको भेलामा मुलुकको पछिल्लो वस्तुस्थितिको मिहिन ढंगले अध्ययन गर्दै डरलाग्दो अनुमान गरिएको छ । लकडाउनको समय पनि भारतलगायत अन्य मुलुकबाट नेपालीको ओइरो लाग्ने क्रम नथामिएको कारण कोरोना संक्रमितको संख्या पचास हजार नाघ्ने हिसाब निकालिएको हो । उक्त संख्या यसअघि सरकारले र सुरक्षा निकायले अनुमान गरेभन्दा धेरै गुणा बढी हो । बढ्दो संक्रमित संख्यालाई ध्यानमा राखेर आवश्यक सुरक्षा उपाय अवलम्बन गर्न र सरकारलाई कसरी थप सहयोग गर्न सकिन्छ भन्नेसम्बन्धमा भेलामा गहन छलफल भएको बताइएको छ ।

सम्बन्धित समाचार