free website hit counter

संक्रमितलाई १४ दिनभन्दा बढी अस्पताल राख्न नपाइने

beemaadmin
२०७७ भाद्र ११, बिहीबार

काठमाडौं । कोरोना संक्रमण भयाबह बन्दै जाँदा सरकारले कोभिड संक्रमितलाई १४ दिन भन्दा बढी अस्पतालमा नराख्न निर्देशन दिएको छ । संक्रमण भएर भर्ना भएको १० औँ दिनमा पीसीआर परिक्षण गर्दा रिपोर्ट पोजेटिभ नै आए पनि त्यस्ता बिरामीलाई १४ दिनपछि घर पठाईने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

लक्षण नभएका त्यस्ता विरामीलाई पुनः परीक्षण नगरी १४ औं दिनमा घर फर्काउन स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वस्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रले कोभिड अस्पताललाई निर्देशन दिएको हो । सो जानकारी कोभिडबारेको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दिएका हुन् । ती बिरामीलाई घर फिर्ता नगरे उनीहरुको भरण पोषणको जिम्मा सरकारले नबेहोर्ने प्रवक्ता गौतमले बताए ।

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार