free website hit counter

संक्रमित नौ लाख नाघ्दा ४७ हजार बढीको निधन

beemaadmin
२०७६ चैत्र २०, बिहीबार

एजेन्सी। विश्व समुदायले उच्च सतर्कता अपनाउँदा अपनाउँदै पनि कोरोनाको संक्रमण रोकिन सकेको छैन । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या नौ लाख नाघिसकेको छ । जोन्स हप्किन्स यूनिभर्सिटीले तयार पारेको तथ्यांकअनुसार संक्रमितको संख्या नौ लाख ३५ हजार आठ सय १७ पुगेको छ । जसमा मृत्यु हुनेको संख्या पनि ४७ हजार दुई सय आठ पुगेको छ । चीनको वुहानबाट निस्किएको कोरोना भाइरसबाट सबैभन्दा प्रभावित हुने मुलुक अमेरिकामा संक्रमित हुने मानिसको संख्या दुई लाख १५ हजार पुगेको छ । अमेरिकामा भाइरसबाट ज्यान गुमाउनेको संख्या पनि पाँच हजार ११६ पुगेको छ । त्यस्तै, दोस्रो सबैभन्दा प्रभावित मुलुक इटालीमा संक्रमित संख्या एक लाख १० हजार नाघेको छ भने मृत्यु हुनेको संख्या १३ हजार एक सय ५५ पुगेको छ । इटाली यो भाइरसबाट सबैभन्दा धेरैको मृत्यु हुने मुलुक हो ।
तेस्रो सबैभन्दा प्रभावित मुलुक स्पेनमा संक्रमितको संख्या एक लाख १० हजार नाघेको छ भने मृत्यु हुनेको संख्या नौ हजार तीन सय ८७ पुगेको छ । त्यस्तै, चीनमा पनि संक्रमितको संख्या ८२ हजार भन्दा धेरै छ भने मृत्यु हुनेको संख्या पनि तीन हजार तीन सय नाघिसकेको छ । संक्रमित संख्यामा फ्रान्स ७७ हजार सात सय ८१ नाघेको छ । फ्रान्समा मृत्यु हुनेको संख्या नौ सय ३१ पुगेको छ ।
अहिलेसम्म यो भाइरस संक्रमणपछि एक लाख ९३ हजार सात सय ६४ जना मानिसहरु निको भएर घर फर्किएका छन् । निको भएर घर फर्किनेमा भने चीन अगाडि छ । चीनमा अहिलेसम्म ७६ हजार चार सय २० जना निको भएर घर फर्किसकेका छन् । त्यस्तै, स्पेनमा २२ हजारभन्दा बढी मानिस निको भएर घर फर्किएका छन् भने इटालीमा पनि १६ हजारभन्दा बढी संक्रमित निको भइसकेका छन् । अमेरिकामा भने आठ हजार पाँच सयभन्दा बढी मानिस मात्र निको भएर फर्किएका छन् ।

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार