काठमाडौं । बड्दो कोरोना संक्रमित विरामीको चापलाई व्यवस्थापन गनै स्वास्थ्य मन्त्रालयले नयाँ रणनीति अख्तियारी गरेको छ । अब कोरोना भाइरस संक्रमित व्यक्तिले अस्पताल भर्ना हुनुअघि स्वास्थ्य मन्त्रालयसँग अनुमति लिनुपर्ने भएको छ।
स्वास्थ्य मन्त्रालयले बिरामी कोभिड अस्पतालमा भर्ना हुनुअघि स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईको क्लिनिकल मेनेजमेन्ट टिमबाट अनुमति लिनुपर्ने बताएको हो। अस्पतालमा कोभिड १९ का लागि छुट्याइएका आइसोलेसन तथा आइसयू बेडमा बिरामी भर्ना गर्नुपर्दा यस मन्त्रालयको एचओसीको क्लिनिकल मेनेजमेन्ट टिमको तपशिल बमोजिमका सम्पर्क नम्बरहरूबाट हुने सिफारिस र समन्वयमा मात्र भर्न गर्नु हुन निर्देशन गरिन्छ, स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । स्वास्थ्य मन्त्रालयले कोभिड १९ का बिरामीको उपचारका लागि भनेर निश्चित अस्पताल तोकेको छ।