काठमाडौं । नेपालमा देखिएका कोरोना सक्रमित कोही पनि गम्भीर विरामी भएका छैनन् । बिना लक्षण नै कोरोना देखिनेक्रम बढ्दो छ । यही कारण अस्पतालको बसाई पट्यार लागेर भाग्नेक्रम बढेपछि स्थानीय निकायले कडा नियम ल्याएको छ । पर्सामा कोरोना संक्रमित व्यक्ति आइसोलेसनबाट भागे प्रहरीले गोली समेत चलाउन सक्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको संकट व्यवस्थापन समितिले यो निर्णय गरेको हो । बिहीबार नारायणी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुई जना संक्रमित फरार भएका थिए ।