free website hit counter

संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउने

beemaadmin
२०८१ जेष्ठ ६, आईतवार

काठमाडौं । सहकारी संस्था ठगीको विषय छानबिन गर्न गठित संसदीय समितिको कार्यादेश टुंगो लगाउन आज बिहान बैठक बस्दैछ। आज बिहान साढे ८ बजे कार्यदलको बैठक बस्न लागेको हो। सत्ता र प्रतिपक्ष दलहरुको शनिबार बसेको बैठकमा सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति बनाउने सैद्धान्तिक सहमति भएको थियो। संसदीय छानबिन समितिको कार्यादेश तय गर्न कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल पनि सोही दिन गठन भएको थियो। कार्यदलमा एमाले प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसका सांसद जीवन परियार, रास्वपा सांसद शिशिर खनाल रहेका छन्। सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पनि संलग्नता रहेको भन्दै प्रमुख प्रतिपक्षी नेपाल कांग्रेसले संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै संसद अवरुद्ध गर्दै आएको थियो। प्रतिपक्षीको माग सम्बोधन भएकोले आज आइतबारबाट सदनको गतिरोध अन्त्य हुने विश्वास गरिएको छ। प्रतिनिधि सभाको बैठक आज ११ बजेका लागि तोकिएको छ ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार