काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षले नै सभामुखमा आफ्नो मान्छे पार्न खोज्दा प्रतिनिनिधसभाको बैठक नै स्थगित हुन पुग्यो । अध्यक्ष द्वयले एउटै व्यक्तिको नाम सभामुखमा सिफारिश गर्न नसक्दा यो अवस्थाको सिर्जना भएको हो । शुक्रबार १ ः ०० बजेका लागि कार्यसूचीसमेत तय भइसकेको बैठक पुस १६ गते बस्नेगरी सूचना टाँसेर स्थगित गरिएको छ। शुक्रबारको बैठकको कार्यसूचीमा सभामुख निर्वाचन प्रक्रिया अघि बढाउने थियो । तर सत्तारुढ दलले न त सभामुखको उम्मेदवार तय गर्न सक्यो न त उपसभामुखको चित्त बुझाएर राजीनामा गर्ने वातावरण नै बनाउन सकेको छ ।
प्रतिनिधिसभाको अर्को बैठक मिति २०७६ पुस १६ गते बुधबार दिनको १ बजे बस्नेगरी निर्धारण गरिएको छ । नियमित उपचारको लागि अस्पताल पुग्नुभएका प्रधानमन्त्री निवासमा फर्केपछि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सभामुखको उम्मेदवारबारे छलफल बालुवाटार हुन लागेको छ ।