free website hit counter

संसद रोेकेर के को चर्तिकला ?

beemaadmin
२०७६ पुष १७, बिहीबार

काठमाडौं । नेकपा अध्यक्ष द्वयले सभामुख पदका लागि दुई जना व्यक्ति अगाडि सारेपछि सभामुख छनोट प्रक्रिया जटिल बन्दै गएको छ । पुस ४ गतेका लागि बोलाइएको संसद एक दिन बसेर पटक पटक सर्दै आएको छ । पुस ४ गतेपछि बस्ने बैठकले सभामुख चयन प्रक्रियालाई अगाडि बढाउने बताइए पनि अध्यक्षद्वयको फरक फरक रुचिका कारण संसद पटक पटक सूचना टास गरी स्थगित हुँदै आएको छ । आगामी पुस २७ गतेका लागि संसदको बैठक राखिएपछि विपक्षी सांसदहरुले सत्तापक्षको अनिर्णयको बन्दीको शिकार सार्वभौम संसद बन्न पुगेको भन्दै चर्को आलोचना गरेका छन् ।

मुलुकका जनसरोकारका मुद्दाहरु उठान गर्नुपर्ने सार्वभौम संसदको बैठक पटक पटक सूचना टास गर्दै स्थगित गरिनुले संसदको अपमान भएको उनीहरुको धारणा छ । नेपाली काँग्रेसका सांसद उमाकान्त चौधरीले सार्वभौम संसदको बैठक पटक पटक सारेर जननिर्वाचित संसदलाई झुलाउने काम गर्नु लोकतान्त्रिक परिपाटी नभएको भन्दै उनले सभामुख चयनका नाममा पटक पटक बैठक स्थगित हुँदा जनताका मुद्दा ओझेलमा परेको बताउनुभएको छ ।

Advertisement
Advertisement

कुराकानीका क्रममा काँग्रेस केन्द्रीय सदस्य समेत रहेका चौधरीले संसद बस्ने सूचना पाएर निर्वाचन क्षेत्रको कार्यक्रम छाडेर राजधानी केन्द्रीत हुन पुगेका सांसदहरुको अवमूल्यन गर्ने काम भएको बताउनुभयो । उखु किसानका मुद्दा, सीतलहरीको समस्याका कारण मधेशका जनताले भोग्नुपरेका सास्ती, सरकारले पछिल्लो समय ल्याएको सूचना प्रविधि विधेयक लगायत अन्य जनविरोधी विधेयकहरुलगायतका राष्ट्रिय मुद्दामा छलफल केन्द्रीत गर्नुपर्ने संसदलाई सभामुख चयनका नाममा अनिर्णयको बन्दी बनाउनु सत्तापक्ष कतिसम्म गैरजिम्मेवार छ भन्ने देखाएको उहाँले बताउनुभयो ।

Advertisement
Advertisement

सम्बन्धित समाचार