free website hit counter

सक्रिय संक्रमितको संख्या ४५५७२, ८४७ ले ज्यान गुमाइसके

beemaadmin
२०७७ कार्तिक ९, आईतवार

काठमाडौं । कोरोना संक्रमणले भयावह रुप ग्रहण गर्दै गर्दा पछिल्लो २४ घण्टामा देशभर २ हजार ८५६ जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ५८ हजार ८९ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनाको पिसिआर परीक्षण भएको छ। संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा ३ हजार ३३६ छ। योसँगै हालसम्म १ लाख ११ हजार ६७० जना निको भएका छन्। आज देशभर ४६ हजार ६९१ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ८४७ पुगेको छ।

काठमाडौं उपत्यकामा १५३५ थपिए
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५३५ कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २२५, ललितपुरमा १४७ र भक्तपुरमा १६३ जनालाई कोरोना संक्रमण देखिएको छ। योसँगै हालसम्म काठमाडौंमा ५६ हजार ३०२, ललितपुरमा ७ हजार ८८३ र भक्तपुरमा ५ हजार ३१३ जनालाई संक्रमण भएको छ। पछिल्लो २४ घण्टामा देशभर २ हजार ८५६ जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ।

मृतकको संख्या ८४७ पुग्यो
नेपालमा एकै दिन थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ८ सय ४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर २ हजार ८५६ जना कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ५८ हजार ८९ जना पुगेको छ। पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनाको पिसिआर परीक्षण भएको छ।

सम्बन्धित समाचार

सुनको मूल्यमा भारी गिरावट

beemaadmin
२०८३ जेष्ठ १, शुक्रबार

सलिकोको नाफा १३ करोड ३२ लाखमा सीमित

beemaadmin
२०८३ बैशाख ३१, बिहीबार