free website hit counter

सगरमाथा इन्स्योरेन्सद्वारा स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग

beemaadmin
२०७८ फाल्गुन ३०, सोमबार

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले देउरी स्वास्थ्य चौकीलाई १५ लाख रुपैयाँ सहयोग गरेको छ । इन्स्योरेन्सले एम्बुलेन्स किन्नलाई उक्त स्वास्थ्य चौकीलाई १५ लाख रुपैयाँ सहयोग गरेको हो । स्वास्थ्य चौकीमा फागुन २८ गते आयोजित एक कार्यक्रमका बिच कम्पनीका प्रम’ख कार्यकारी अधिकृत चंकी क्षेत्रीले देउरी स्वास्थ्य चौकीलाई उपलब्ध गराएको उक्त एम्बुलेन्सको सांचो त्रियुगा न।पा।का प्रमुख बलदेव चौधरीलाई हस्तान्तरण गरेका थिए ।
उक्त अवसरमा क्षेत्रीले कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वलाई मनन गरेर आपतकालिन अवस्थामा यस क्षेत्रका बासिन्दाहरुको स्वास्थ्य सेवालाई ध्यानमा सहयोग गरेको बताएका थिए । सोही कार्यक्रममा एम्बुलेन्स र प्रयोगशालालाई आवश्यक पर्ने प्राविधिक जनशक्तीको व्यवस्थापनका लागी उदयपुर सिमेन्ट उद्योगका तर्फबाट महाप्रबन्धक गोपिकृष्ण न्यौपानेले देउरी स्वास्थ्य चौकीलाई सात लाखको चेक समेत हस्तान्तरण गरेका थिए ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार