free website hit counter

सञ्चालकसँगको टकरावका कारण सनराईज बैंकका सिईओ पौडेलद्वारा राजिनामा

beemaadmin
२०७७ श्रावण १०, शनिबार

काठमाडौं । कोरोना कहरले  बैंकहरुमा तरलताको अवस्था एकातिर छ भने टार्गेट मिट गर्ने सम्भावना पनि नभएपछि बैंक सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सिईओ) बीचको टसल बढ्दै देखिन्छ । पछिललो समयमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) हरुले जागिर छाड्ने  घटना वृद्धिसँगै यो कुरा मैदानमा आएको हो ।

सनराईज बैंकका सिईओले पदबाट राजिनामा दिएका छन् । सनराईज बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) जनराज शर्मा पौडेलले राजीनामा दिएका हुन् । गत वर्षको असारमा सो बैंकमा चार वर्षका लागि नियुक्त भएका पौडेलले एक वर्षमै बैंकबाट राजिनामा दिएका हुन् । सिईओमा नियुक्त हुँदा देखि नै सञ्चालकसँग टसल पर्दै आएका सिईओ पौडेलले सञ्चालकहरुको दवावकै कारण राजिनामा दिएको बताइएको छ ।

सञ्चालक समितिमा विवादका कारण सिइओहरुले बैंक छोड्ने क्रम जारी छ । यसअघि महालक्ष्मी विकास बैंकका सिईओ कृष्ण प्रसाद लामिछाने तथा ग्लोबल आईएमई बैंकका सिईओ परशुराम कुँवर क्षेत्रीले राजिनामा दिएका थिए ।

सम्बन्धित समाचार