free website hit counter

सञ्जय दत्तलाई भएको के हो ?

beemaadmin
२०७७ श्रावण २५, आईतवार

बलिउड सुपरस्टार अभिताव बच्चनको परिवार कोरोनासँग विजयी भएर घर फर्किएपछि फोक्सोमा समस्या देखिएपछि अस्पताल भर्ना भएका सञ्जय दत्तलाई कोरोना भने देखिएको छैन । बलिउड अभिनेता सञ्जय दत्तमा कोरोना भाइरस नेगेटिभ देखिएको दुई दिन पछि उनको स्वास प्रस्वासमा समस्‍या देखिएको थियो । लगत्तै उनलाई लिलावती अस्पताल पुर्‍याइएको छ।

त्यहाँ उनको परीक्षण पछि फोक्सोमा समस्या देखिएको हो। दत्तको फोक्सोमा पानी जमेको बलिउड हंगामाले जनाएको छ। आवश्यक उपचार पछि उनलाई आइतवार साँझ घर पठाइने जनाइएको छ। घरमा उनी एक्लै छन्। लकडाउन यता उनकी श्रीमती र दुई सन्तान दुबईमा छन्। केही साता अघिको अन्तर्वातामा उनले आफूले परिवारलाई निकै सम्झिरहेको बताएका थिए।

सञ्जयले सामाजिक सञ्जालमार्फत् आफ्नो स्वास्थ्य जानकारी दिइरहेका छन्। केही घण्टा अघि मात्रै उनले ट्वीटमार्फत् आफू ठीक भएको र डाक्टरहरूको निगरानीमा रहेको बताएका थिए। भनेका छन्, केही दिनमा त म घरमा हुनेछु। सबैको माया र आशिर्वादका लागि धन्यवाद।

सम्बन्धित समाचार