free website hit counter

सनराइज बैंकका ग्राहकलाई फिल्म हलमा पपकर्न फ्रि

beemaadmin
२०७६ फाल्गुन ३, शनिबार

काठमाडौं । सनराइज बैंकले क्यूएफएक्स सिनेमासँग सहकार्य गरी ‘सनसाइन पपकर्न मेनिया’ नामक योजना ल्याएको छ । यही फाल्गुन २ गतेदेखि तीन महिनासम्म संचालन गरिने यस योजनाअन्तर्गत सनराइज बैंकका ग्राहकले क्यूएफएक्स सिनेमाका सम्पूर्ण सिनेमा हलहरुमा योजना अवधिभर कुनै पनि चलचित्रको टिकट खरिदमा प्रति टिकट एउटा पपकर्न निःशुल्क प्राप्त गर्न सक्नेछन् ।
यस योजनामा समावेश हुनको लागि ग्राहक महानुभावहरुले टिकट खरिद बापतको रकम सनराइज बैंकका डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी क्यूएफएक्स सिनेमा स्थित पीओएस टर्मिनल मार्फत भुक्तानी गर्नुपर्नेछ ।
प्रति कारोबार अधिकतम पाँचवटा सम्म पपकर्न निःशुल्क प्राप्त गर्न सकिने बैकले जनाएको छ । सनराइज बैंकले केहि वर्ष अगाडी पनि क्यूएफएक्स सिनेमाको २ वटा टिकटको खरिदमा एउटा टिकट सित्तैमा दिने लोकप्रिय योजना ल्याएको थियो ।
सोमबार आयोजित एक कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र टिम क्विस्टको प्रमुख कार्यकारी अधिकृत रोशन अडिगाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्बन्धित समाचार