free website hit counter

सनराइज बैंकले दियो गण्डकी प्रदेश सरकारलाई ५० थान पीपीई

beemaadmin
२०७६ चैत्र २२, शनिबार

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारमा गण्डकी प्रदेशमा सहयोग पु¥याउन सनराइज बैंक गण्डकी प्रादेशिक कार्यालयमार्फत ५० थान पीपीई हस्तान्तरण गरेको छ । ५० थान पीपीई मध्य ५ थान पुन प्रयोग गर्न मिल्ने छ ।
सनराईज बैंकका गण्डकी प्रादेशिक कार्यालय प्रमुख रबिन्द्र केसीले सामाग्री हस्तान्तरण गर्दै गण्डकी प्रदेशमा समेत कोरोनाभाइरस रोगको जोखिम बढेको हुदाँ विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु र सेवामा खटीने सबैको सुरक्षाको लागि बैंकको गण्डकी प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्वअन्र्तगत व्यक्तिगत सुरक्षात्मक उपकरण ९पीपीई० गण्डकी प्रदेशका माननिय मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गलाई हस्तान्तरण गरेका हुन् ।
बैंकका प्रमुख कार्यकारी निर्देशक जनक शर्मा पैड्यालकाअनुुसार यो समयमा पीपीईको ठुलो महत्व भएकाले २ हप्ता सम्म पीपीईको खोजी गरी कोरोनाभाइरस महामारीको रोकथाम, नियन्त्रण र उपचारमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अन्य कर्मचारीलाई हौषला बढाउन यो सहयोग गरेको बताए ।
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले सनराईज बैंकबाट प्राप्त भएको यी सामाग्री नेपाली सेनालाइ ५ थान, नेपाल प्रहरीलाई ५, सशस्त्र प्रहरी बललाइ ५ थान र सामाजिक विकास मन्त्रालयलाइ ३० थान हस्तान्तरण गरी यो समयमा पीपीई अत्यन्तै उपयोगी सामाग्री भएको बताउँदै बैंकलाई धन्यवाद व्यक्त गरे । सरकारले आवश्यक स्रोत, साधन, सुरक्षा र जनशक्त्तीको व्यवस्थापन गरी सुरक्षीत भरपर्दो र विश्वसनिय प्रबन्ध मिलाएको छ । यो महामारीबाट आफ्नो सुरक्षाका साथ साथै मानवजातीको सुरक्षाको लागि सरकारले जारी गरेको लकडाउन र अन्य आवश्यक निर्देशनहरु पुर्ण रुपले पालना गर्न सम्पुर्ण प्रदेशवासीलाई मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले आग्रह गरे ।

सम्बन्धित समाचार

चार लाख पनि छैन भन्दै दीपेश जेल चलान

beemaadmin
२०८१ बैशाख ८, शनिबार

घट्यो वाणिज्य बैंकहरुको नाफा

beemaadmin
२०८१ बैशाख ८, शनिबार

६ वर्षमा ८१ हजारले बढ्यो सुन

beemaadmin
२०८१ बैशाख ८, शनिबार

कुन देशमा कति छ सुन ?

beemaadmin
२०८१ बैशाख ८, शनिबार