free website hit counter

सनराइज बैङ्कको सिइओमा सुमन शर्मा नियुक्त

beemaadmin
२०७७ माघ २९, बिहीबार

काठमाडौं । बैंकिङ क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव हासिल गरेका सुमन शर्मा सनराइज बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएका छन् ।

बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले शर्मालाई ४ वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । शर्माले बुधबारबाटै कार्यभार सम्हालेका छन् । जनक शर्मा पौडेलले मंगलबार दिएको राजीनामा स्वीकृत भएलगत्तै बैङ्कले शर्मालाई नियुक्त गरेको हो ।

यसअघि शर्मा माछापुच्छ्रे बैङ्कको प्रमुख कार्यकारी अधिकृत थिए । माछापुच्छ्रे बैङ्कमा कार्यभार बाँकी छँदै गत फागुनमा उनी बाहिरिएका थिए । बैंकिङ्गमा क्षेत्रमा करिब २२ वर्षको अनुभव भएका शर्मा माछापुच्छ्रे बैङ्क अगाडि ग्लोबल आईएमई बैङ्कमा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।

सन् १९९७ मा नेपाल एसबीआई बैंकमा अधिकृत स्तरबाट बैंकिङ्ग करियर सुरु गरेका शर्माले एनएमबि बैंकको सहायक महाप्रबन्धक भएर पनि काम गरिसकेका छन् ।

सम्बन्धित समाचार