free website hit counter

सन्तान प्राप्तिपछिको यौन जीवन

beemaadmin
२०७७ फाल्गुन २४, सोमबार

एजेन्सी । यौन जीवनले नै मानिसको जीवन कति सफल र सन्तुष्ट छ भन्ने देखाउँछ । यौवन जीवन भताभुंग भएको जोडीको जीवन पनि शान्तिपूर्ण हुन सक्दैन । बच्चा जन्मिसकेपछि पार्टनरसँग औसत दुई महिनापछि हुने यौन सम्पर्कले जोडीलाई अझै बढी माया साटासाट गर्ने अवसर दिने नयाँ अध्ययनले देखाएको छ। १ हजार १ सय १८ अभिभावकमा गरिएको एक अध्ययनमा ९४ प्रतिशतले आफ्नो यौन जीवनबाट पूर्ण सन्तुष्ट रहेको बताए भने ६० प्रतिशतले सन्तान जन्मेपछिको यौन जीवन सुखद हुने बताए।

नयाँ अभिभावकले औसतमा ५८ दिनपछि आफ्ना पार्टनरसँग यौन सम्पर्क गर्ने गरेको अध्ययनले जनाएको छ। बच्चा जन्माएपछि आफ्नो सौन्दर्यमा खोट आउन सक्नेतर्फ अधिकांश महिला सचेत भएको र आफ्ना पार्टनरले मन पराउँदैनन् कि भन्नेतर्फ डराएको पनि अध्ययनमा उल्लेख छ।

Advertisement
Advertisement

बेलायती अभिभावकहरुसँग सम्बन्धित वेबसाइट च्यानल ममले गरेको सो अध्ययनमा बच्चा जन्माएपछि महिला भरिपूर्ण र पुटुक्क हुने अनि उनीहरुको शारीरिक संरचनालाई झनै मन पराउने गरेको उल्लेख छ। बच्चा जन्माएपछि १४ प्रतिशत महिला मात्र आफ्नो शरीरप्रति बढी आत्मविश्वासी हुने गरेको अध्ययनलाई उद्धृत गर्दै डेली मेलले जनाएको छ। ‘बच्चा भएपछि तपाईंको सम्बन्धमा नयाँ परिवर्तन हुन्छ। तसर्थ बच्चा जन्मिएपछि जोडीहरुलाई झनै नजिक ल्याउँछ,’ च्यानल ममकी संस्थापक सायोभान फ्रिगार्डले भनिन्।

Advertisement
Advertisement

बच्चा जन्माएको लामो अन्तरालपछि महिलाभन्दा पुरुषले बढी सेक्स गर्न खोज्ने अनुसन्धानमा देखाइएको छ। बच्चा जन्माएपछिको प्रारम्भिक सेक्स अवधिमा पुरुषले साताको दुईपटक र महिलाले केवल एकपटक यौनकार्य गर्न चाहेको अध्ययनमा उल्लेख छ।

सम्बन्धित समाचार