free website hit counter

सन्तोषले सम्हाले प्रभु लाइफको सिइओको कार्यभार

beemaadmin
२०७९ जेष्ठ १२, बिहीबार

काठमाडौं । प्रभु लाइफको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सन्तोष प्रसाई नियुक्त भएका छन् । सञ्चालक समितिको बैठकले प्रसाईलाई आगामी चार वर्षका लागि नियुक्त गरेको हो । कम्पनीले बैशाख २२ गते प्रसाईलाई सिइओमा नियुक्तिको प्रस्ताव सहित बीमा समितिमा स्वीकृतिका लागि पेश गरेको थियो । बीमा समितिले प्रसाईलाई सिइओमा नियुक्तका लागि अनुमति दिए सँगै सञ्चालक समितिले नियुक्त गरेको हो ।
प्रसाईले कार्यभार सम्हालि सकेका छन् । उक्त अवसरमा कम्पनीका अध्यक्ष सुभाष अमात्यज्युबाट प्रसाईले सपथ ग्रहण समेत गरेका छन् । उनले आजैबाट पदभारग्रहण गरेको कम्पनीले जनाएको छ । प्रसाईको अग्रतामा कम्पनीले नयाँ उचाई लिनेमा संचालक समिति तथा सम्पूर्ण कर्मचारीहरुले विश्वास लिएका छन् ।

सम्बन्धित समाचार

आइएमई लाइफको सिइओमा खड्का नियुक्त

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार

काठमाडौँमा शुरु भयो रविको बयान

beemaadmin
२०८१ मंसिर १४, शुक्रबार