काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब ५१ करोड ५३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलानामा २४.५५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यस अवधिमा कम्पनीले २ अर्ब १ करोड ९५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्न लागेको कम्पनीको खुद बीमाशुल्क २४.५५ प्रतिशतले बढेको भएपछि खुद नाफा भने उल्लेख्य बढेको छ । यस अवधिमा कम्पनीको खुद नाफा २०९.४८ प्रतिशतले बढेर ४४ करोड ४५ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले १४ करोड ३६ लाख रुपैयाँ रहेको थियो । यस अवधिमा कम्पनीले बीमालेख धितोमा ४५ करोड ८८ लाख रुपैयाँ कर्जा प्रवहा गरी १ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ । यस्तै लगानी, कर्जा तथा अन्य आयबाट २८ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ । चुक्ता पूँजी २ अर्ब २४ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ८१ करोड ९२ लाख रुपैयाँ, जीवन बीमा कोषमा ४६ करोड ११ लाख रुपैयाँ र महाविपत्ती कोषमा ९ करोड १० लाख रुपैयाँ सञ्चित रहेको छ । यस अवधिमा कम्पनीले २ लाख ९१ हजार ८८३ वटा बीमालेख जारी गरेर २ अर्ब ८९ करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यस्तै ३ हजार २६९ वटा दाबी वापत ८२ करोड ९६ लाख रुपैयाँ भुक्तानी गरेको छ ।