free website hit counter

सन नेपालले गर्यो अभिकर्ताको सम्मान र बीमा जागरण कार्यक्रम

beemaadmin
२०७८ मंसिर ९, बिहीबार

काठमाडौं । बीमा व्यवसायको मेरुदण्ड मानिएको अभिकर्तालाई समयअनुकुल बनाउन बीमा कम्पनीहरुले तालिम र सम्मानका कार्यक्रम आयोजना गर्ने गरेका छन् । सन नेपाल लाइफले रुकुम, सल्यान, दाङको घोराही, लमही, तुलसीपुर रहापुरे कार्यालयहरूमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दै आएको कम्पनीले निकट भविष्यमा नै सर्वसाधारणलाई साधारण शेयर निष्काशन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

सम्बन्धित समाचार