free website hit counter

सन नेपाल, एशियन र प्रभु महालक्ष्मी लाइफको हकप्रद आउँदै

beemaadmin
२०८१ आश्विन १४, सोमबार

काठमाडौं । बीमा कम्पनीहरुलाई पुँजी बृद्धि गर्ने बाटो खुलेको छ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीलाई ५ अर्ब र निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब रुपैयाँ र पुनर्बीमा कम्पनीमालाई २० अर्ब चुक्तापुँजी पुर्याउन निर्देशन दिएको थियो । जीवन बीमातर्फ अब तीनवटा कम्पनी बोर्डको पाइपलाइनमा छन् । सन नेपाल लाइफ, एशियन लाइफ र प्रभु महालक्ष्मी लाइफ । यी तीनवटै कम्पनीले पुँजी बढाउन हकप्रदको बाटो रोजेका हुन् । सन नेपाल लाइफले १ः०।२७ अनुपातमा हकप्रद निष्कासन गर्ने अनुमति मागेको छ । बोर्डबाट स्वीकृति पाएमा कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद जारी गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैकिङ्ग रहेको छ । यसका साथै एशियन लाइफ इन्स्योरेन्सले पनि पूँजी बृद्धि प्रयोजनका लागि १ः०।४२ अनुपातमा अर्थात् चुक्तापुँजीको ४२ प्रतिशत हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १ अर्ब ४२ करोड ७९ लाख रुपैयाँ बराबरको १ करोड ४२ लाख ७९ हजार कित्ता हकप्रद जारी गर्न अनुमति मागेको हो । कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । त्यस्तै, प्रभु महालक्ष्मी लाइफले पनि २०८० साल फागुन २२ गते हकप्रद निष्कासनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको थियो । कम्पनीले कायम चुक्तापुँजीको १७ प्रतिशत अर्थात् १ः०।१७ अनुपातमा हकप्रद जारी गर्न अनुमति मागेको हो । बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले ७३ करोड ३ लाख २० हजार रुपैयाँ बराबरको ७३ लाख ३ हजार २०० कित्ता हकप्रद जारी गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

सम्बन्धित समाचार