काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको नवौँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। कम्पनीको बागमती प्रदेशअन्तर्गत आयोजित कार्यक्रममा कर्मचारी तथा अभिकर्ताहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।
‘रक्तदान–जीवनदान’ भन्ने भावनासहित आयोजना गरिएको कार्यक्रममा कर्मचारी तथा अभिकर्ताहरूले रक्तदान गरेका थिए। कम्पनीले वार्षिकोत्सवलाई सामाजिक सेवासँग जोड्दै रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ।
कार्यक्रममार्फत मानवीय सेवासँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने कम्पनीको प्रतिबद्धता निरन्तर रहने सन्देश दिइएको छ।
सन नेपाल लाइफले आफ्नो व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सेवामूलक गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ।