काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी (SNLI)ले UKAS (United Kingdom Accreditation Service)बाट मान्यता प्राप्त Amtivo Limited, UKबाट आइ.एस.ओ/आई.ई.सी २७००१ः२०२२ (ISO/IEC 27001 : 2022) को प्रमाणपत्र प्राप्त गरेको छ । यो मानकले सुचना सुरक्षण ब्यवस्थापन प्रणाली (Information Security Management System)मा कम्पनीले आफ्नो हरेक सुचनाहरुको सुरक्षा प्रणालीहरुको अन्तराष्ट्रिय मापदण्ड बमोजिम उचित ब्यवस्थापन गरेको छ भन्ने पुष्टि गर्ने कम्पनीकाे भनाइ छ । साथै यस अन्तराष्ट्रिय मापदण्डमा परिभाषित असल अभ्यासहरुको पालना गरेको छ भन्ने कुरा स्पष्ट पारेकाे समेत कम्पनीले दाबी गरेकाे छ । कम्पनीले जोखिममा आधारित जीवन बीमा ब्यवसाय प्रणाली तथा संस्थागत सुशासन सम्बन्धी नियामकीय ब्यवस्था प्रभावकारी किसिमबाट पालना गर्न यस किसिमको अन्तराष्ट्रिय मापदण्डको आधारमा ISO/IEC 27001 : 2022 सम्परीक्षण गरेको जनाएकाे छ । नेपालको बीमा ब्यवसायमा यसरी अन्तराष्ट्रिय मापदण्ड बमोजिम सम्परीक्षण गरी ISO/IEC 27001 : 2022को प्रमाणपत्र प्राप्त गर्ने सन नेपाल लाइफ इन्स्योरेन्स पहिलो र एकमात्र जीवन बीमा कम्पनी रहेकाे दाबी गरिएकाे छ । इन्स्याेरेन्सद्वारा जारी विज्ञप्तीमा लेखिएकाे छ,”यसबाट कम्पनीले रिस्क बेस्ड माेडालिटी (Risk Based Modality)मा हरेक प्रक्रियाहरुमा के कस्ता जोखिमहरु छन्, त्यसको अल्पकालिन तथा दीर्घकालिन प्रभावहरु के हुन सक्छन् यकिन गर्ने र त्यसको नियन्त्रणको लागि फर्स्ट लाइन अफ डिफेन्स (First line of Defense)बाटै जोखिम न्युनिकरणको रणनीति तयार गर्नेछ।” ISO/IEC 27001: 2022को मान्यता प्राप्त गरेसँगै समय समयमा हुने परीक्षणहरुबाट कम्पनीको सुचना सुरक्षण प्रणालीमा नियमित अनुगमन हुनेछ । निरन्तर रुपमा यसको पालना र अभ्यासहरुबाट कम्पनीको सुचना सुरक्षा प्रणाली निरन्तर मजबुत हुँदै जाने कम्पनीले विश्वास लिएको छ ।