free website hit counter

सन नेपाल लाइफले दियो ११ लाख बीमा रकम

beemaadmin
२०७८ पुष ७, बुधबार

काठमाडौं । वैदेशिक रोजगारीमा रहेर नेपाल आएका बेला ज्यान गुमाएका धनबहादुर झाँक्रीको परिवारलाई सन नेपाल लाइफ इन्स्योरेन्सले बीमा बापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीको गुल्मी शाखाले गुल्मी जिल्ला छत्रकोट गाउँपालिका ३ निवासी धनबहादुर झाँक्रीको परिवारलाई १० लाख रुपैयाँ बीमाङ्क र किरिया खर्च तथा अन्य खर्चवापत १ लाख रुपैयाँ गरी जम्मा ११ लाख रुपैयाँ मृत्यु दावी भुक्तानी हस्तान्तरण गरेको हो । उक्त रकम बराबरको चेक रेसुङ्गा नगर प्रमुख डिल्लीराज भुसाल विभिन्न वार्डका वडाध्यक्ष, कम्पनीका अभिकर्ताहरु, रेसुङ्गा नगरपालिका स्थानिय र कम्पनीका कर्मचारीहरुको उपस्थितमा बीमित स्व।धन बहादुर झाँक्रीको श्रीमती कविता राना झाँक्रीलाई एक कार्यक्रमकाबीच हस्तान्तरण गरेको जनाएको छ ।
झाक्री वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेवीयामा कार्यरत रहेको र निजको नेपाल आएको समयमा कारडियो – प्लुमनरी अरेस्टबाट मृत्यु भएको थियो । रेसुङ्गा नगर प्रमुख भुसालले सहज तरिकाले बीमितलाई मृत्यु दावी भुक्तानी दिएकोमा सन नेपाल लाइफ इन्स्योरेन्सलाई धन्यवाद दिदै सबैले आफ्नो क्षमता अनुसार जीवन बीमा गर्नुपर्ने बताएका छन् । गुल्मी कार्यालय प्रमुख सन्तोष कुँवर क्षेत्रीले देशवासी सम्पूर्ण जनताले जीवन बीमाको महत्व समयमा नै बुझी जीवन बीमा गराएमा, बीमा मान्छको बुढेसकालको साहारा हुने, आर्थिक सुरक्षा हुने, आश्रित परिवारको सुरक्षा हुनका साथै अवको १५र२० वर्षमा कोही पनि गरीवीमा छटपटाउनु नपर्ने स्थिति सिर्जना हुने कुरा बताए ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार