free website hit counter

सन लाइफ इन्स्योरेन्सद्वारा चौधरी परिवारलाई बीमा दाबी भुक्तानी

beemaadmin
२०७९ असार २४, शुक्रबार

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्युदाबी भुक्तानीबापतको रकम हस्तान्तरण गरेको छ। कम्पनीको धनगढी शाखाले बीमित धिरज चौधरीका प्रस्तावक स्व हस्तेकुमार चौधरीको गत वर्ष चैत ५ गते मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो। प्रस्तावक हस्तेकुमार चौधरीले धिरजका नाममा बाल समृद्ध जीवन बीमा (१५ वर्षे अवधि)को खोलेका थिए। उनले ४ वार्षिक बीमाशुल्कबापतको ५४ हजार २१२ भुक्तानी गरी बीमांक रु.२ लाखको जीवन बीमा गराएका थिए।

प्रस्तावक हस्तेकुमार चौधरीको निधनपछि बीमितको संरक्षक आमा सीता चौधरीलाई कम्पनीले मासिक आय सुविधाबापत १६ हजार रुपैयाँ र किरिया खर्चबापत ५० हजार रुपैयाँ गरी ६६ हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो। उक्त रकम धनगढी शाखाका प्रबन्धक लक्ष्मीकान्त जैसीले हस्तान्तरण गरेका थिए।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार