free website hit counter

सफल अभिकर्ता बन्ने सूत्र

beemaadmin
२०७६ भाद्र २९, आईतवार

मुलुकमा रोजगारी पाइएन भन्दै हातमा सर्टिफिकेट बोकेर हिँड्ने युवाको संख्या लाखौं छ । शैक्षिक योग्यताले मात्रै रोजागरीको ग्यारेन्टी गर्दैन । शैक्षिक योग्यतासँगै आफूमा भएको प्रतिभा देखाउन सक्यो भने जताततै रोजगारीको अवसर आउन सक्छ । सानातिना काममा चासो नदिने युवा पुस्ताकै कारण आज कृषिप्रधान मुलुक सबैजसो कृषि उपजमा परनिर्भर बनिसकेको छ । रोजगारीको अर्को सम्भावना बोकेको क्षेत्र हो बीमा व्यवसाय । कुल जनसंख्याको २५ प्रतिशत हिस्सालाई मात्रै बीमाले समेट्न सकेको छ । बाँकी ७५ प्रतिशत भनेको सम्भावनाको ठूलो मैदान नै हो ।

बीमा अभिकर्ता भनेका बीमा कम्पनीका मेरुदण्ड हुन् । जीवन बीमा व्यवसायमा बीमा अभिकर्ता नै अग्रिम पंक्तिमा उपस्थित हुन्छन् । अग्रपंक्तिमा सर्वसाधारणलाई बीमाको आवश्यकता र महत्वको विषयमा जानकारी गराउने व्यक्ति बीमा अभिकर्ता हुन् । बीमा अभिकर्ताले पनि प्रचलित ऐेन कानुनबमोजिम आय–आर्जन गर्दछन् । बीमा गर्न चाहने व्यक्तिको आयस्रोत, उद्देश्य, आचरण, बचत गर्ने क्षमता, आर्थिक भार आदिको मूल्याङ्कन गरी बीमा आभिकर्ताले ग्राहकसमक्ष बीमा योजनाको बारेमा स्पष्ट पार्दछन् । यसैअनुसार बीमा कम्पनीको बीमा लेख बिक्री हुन्छ ।

यसरी गरिएको व्यापारमा बीमा अभिकर्तालाई सीमित कमिसन, बीमा कम्पनीलाई व्यवसाय र बीमा गर्ने व्यक्ति वा समूहलाई आर्थिक सुरक्षा प्रदान हुन्छ । जसले त्रिपक्षीयरूपमा सबैलाई फाइदै फाइदा हुन्छ । सर्वप्रथम ग्राहकको इच्छा र क्षमताअुनसार बीमा लेखअनुसार बीमा लेख बिक्री गर्नु बीमा अभिकर्ताको दायित्व हो । जसमा प्रचलित बीमा लेखहरूको शुल्क, सुरक्षा र मुनाफाको बारेमा स्पष्ट जानकारी बीमितलाई गराइनुपर्दछ । बीमा व्यवसायलाई सम्मानित, गरिमामय, मर्यादित बनाउन अभिकर्तामा निम्न गुणहरु हुनु अनिवार्य हुन्छ ।

आकर्षक व्यक्तित्व
व्यक्तित्व भनेको बजार व्यवस्थापनको कडी हो । जसले ग्राहकलाई विश्वास दिलाउन सक्छ ।

बीमासम्बन्धी पूर्ण ज्ञान
बीमा अभिकर्ता जुन बीमा कम्पनीमार्फत् बजारमा गएको हुन्छ । उसमा बीमा कम्पनीको सम्पूर्ण बीमा लेख, आर्थिक सुरक्षा, बोनसदर, वित्तीय अवस्था आदि सबैको जानकारी हुनु जरुरी छ, जसको कारणले आत्मविश्वास र ग्राहकमा भरोसा छाउँछ ।

सम्भावनाको खोजी

बीमा अभिकर्ताले आफ्नो सम्पर्कका साथी, इष्टमित्र, दाजुभाइ, छिमेकी, सहकर्मीहरूको आर्थिक, सामाजिक, नैतिक रूपमा अनुसन्धान गरी कुन बीमा लेख बिक्री गर्न सकिन्छ, सोको सम्भावनाको बारेमा क्रियशील रहनुपर्दछ ।

इमानदारिता
बीमा अभिकर्ताले आफ्नो पेसालाई गौरव ठानी इमानदारिपूर्वक अगाडि बढ्नुपर्दछ । आफ्नो पेसामा अडिग, ग्राहकको सेवामा निरन्तरता र बीमा कम्पनीको हितका लागि सधैँ समर्पित रहनुपर्दछ ।

जनसम्पर्क
बीमा अभिकर्ताले नियोजितरूपमा जनसम्पर्क गरिराख्नु जरुरी छ । चाहे त्यो व्यक्तिले बीमा गरोस् वा नगोरोस्, आफ्ना योजनाहरू प्रस्तुत गरी रहनुपर्दछ । जसमा रोटरी क्लब, लायन्स क्बल, चेम्बर अफ कमर्श, स्काउट, रेडक्र, क्यान्सर सोसाइटी आदि संस्थाहरू सहयोगी हुन्छन् ।

निरन्तरता नै सफलता
कुनै पनि व्यक्तिले पहिलो भेटमा नै कुराकानी गर्न साथ बीमा गराउन मञ्जुर हुँदैनन् । उनीहरूले विविध समस्या देखाउँछन् तर धेरै बीमा अभिकर्ताहरूले १–२ पटकको अनुरोधपछि उक्त व्यक्तिलाई सम्पर्क गर्दैनन्, यही ठूलो कमजोरी देखिन्छ । यथार्थमा अधिकांश व्यक्तिहरूको जीवनमा तेस्रो भेटपश्चात् ८०% ले बीमा गरेको पाइन्छ । यो विश्वास जित्ने आधार हो ।

योजना तर्जुमा
सफल बीमा अभिकर्ता हुनलाई सर्वप्रथम आफ्नो योजना र ग्राहकको चाहनाअनुरूप प्रस्तुत हुनुपर्दछ ।

व्यापारिक शैली
व्यापारिक शैलीमा सानो कुराले ठूलो फरक पार्दछ । धैर्यवान् हुनु ग्राहकको निरन्तर सम्पर्कमा बस्नु, ग्राहकको आवश्यकता पत्ता लगाउनु, त्यसको समाधान गर्नु र विषयवस्तुमा प्रवेश गर्नु यसको विशेषता हो । बजार व्यवस्थापनको अनुमानित विवरणमा ४०% व्यापार आफ्नो सम्बन्धबाट हुन्छ भने ३०% व्यापार ग्राहकको आवश्यकतामा भर पर्दछ अनि २०% व्यापार उद्देश्यमुलक, समाधानमूलक हुन्छ र १०% व्यापार नजिकको निकटताले गर्दछ । त्यसैले यहाँ बीमा लेखा बिक्री गर्न सर्वप्रथम राम्रो सम्बन्ध सबैसँग कायम राख्न सक्नुपर्दछ ।

दिगो विश्वास
जसमा दिवास्वप्न पर्दछ । दृढ अठोटका साथमा काम गरेमा एक समय सफलता प्राप्तै हुन्छ ।

ठूलो बीमा लेख बेच्ने प्रयास
आफ्नो आम्दानी, बीमकको व्यापार र बीमितको सुरक्षाको लागि ग्राहकको क्षमताअनुकूल जतिसक्दो ठूलो रकमको बीमा प्रस्ताव प्रस्तुत गर्नुपर्दछ । जसले समयको बचत, आम्दानी बढी र आफ्नो सफलतामा प्रोत्साहन गर्दछ ।

नयाँ बीमा लेखको जानकारी
बीमा कम्पनीहरूले प्रतिस्पर्धात्मक रूपमा केही समयको अन्तरालमा नै नयाँ बीमा योजना प्रस्ताव गर्दछन् । सो को पूर्ण जानकारी लिएर आफ्नो पूर्वग्राहकसमक्ष फेरि बजार विस्तार गर्न सकिन्छ ।

सम्बन्धित समाचार