free website hit counter

सभामुखको प्रेस सल्लाहकामा न्यौपाने

beemaadmin
२०७६ फाल्गुन २, शुक्रबार

काठमाडौं । सभामुख पदमा निर्वाचित भएको करिब एक महिनापछि सभामुख अग्निप्रसाद सापकोटाले प्रेस सल्लाहकारमा श्रीधर न्यौपानेलाई नियुक्त गरेका छन् । विगत लामो समयदेखि विभिन्न सञ्चारगृहमा आवद्ध रहेर पत्रकारिता गरेका न्यौपाने पत्रकारिता क्षेत्रमा दख्खल राख्छन् ।

२०५८ सालमा कामना प्रकाशनबाट पत्रकारिता सुरु गरेका न्यौपानसंँग महानगर, नेपाल समाचारपत्र, रेडियो मिर्मिरे, रेडियो मैत्री र रेडियो नेपाल र नेपाल टेलिभिजनमा काम गरेको अनुभव छ । हाल सामुदायिक रेडियो प्रशारक संघको प्रोग्राम म्यानेजर पदमा कार्यरत छन् । त्रिभुवन विश्वविद्यालयमबाट स्नातकोत्तर उनी प्रेस संगठन नेपालका केन्द्रीय सदस्य रहेका छन् ।

सम्बन्धित समाचार