काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको अगुवा गाडीका चालकलाई कोरोना संक्रमण देखिएपछि उनको सचिवालय र सुरक्षामा खटिएका सुरक्षाकर्मी सबैको कोरोना परीक्षण गरिएमा त्यहाँ कार्यरत अरु कसैलाई पनि कोरोना नभएको रिपोर्ट आएको छ ।
रिपोर्ट सबैको नेगेटिभ रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेश कुमार गुप्ताले जानकारी दिएका छन् ।
सभामुख अग्नि सापकोटाको अगुवा गाडी चालक एक प्रहरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । प्रहरी हेडक्वार्टरमा ठूलो संख्यामा सुरक्षाकर्मीमा संक्रमण देखिएपछि उनको पनि परीक्षण गरिएको थियो । प्रहरी स्रोतका अनुसार उनी प्रहरी हेडक्वार्टरमा बस्थे र, ६ गतेसम्म सभामुखको अगुवा गाडी चलाएका थिए ।