free website hit counter

विश्व क्यान्सर दिवस र हाम्राे दायित्व

beemaadmin
२०७९ माघ २०, शुक्रबार
  • महेश श्रेष्ठ

क्यान्सर रोगको बिश्वब्यापी महामारी बिरूद्वमा काम गर्ने संसारभर रहेका बिभिन्न संघसंस्था एवं समुदायहरूको नेतृत्व गर्ने अन्तराष्ट्रिय संस्था (UICC ) Union for international cancer control द्वारा प्रतिपादित बिश्व क्यान्सर दिबस हरेक बर्ष February महिनाको ४ तारिक बिश्व क्यान्सर दिवस को रूपमा नेपाल लगायत बिश्व भरका सबै देशमा बिभिन्न कार्यक्रमका साथ भबरूपमा मनाउने गरिन्छ।बिश्वब्यापी महामारी कै रूपमा फैलदै गहिरहेको क्यान्सर बिरूद्वमा लड्न बिश्वसमुदाय लाई एकजुट पारि बिश्वब्यापी स्वास्थ्य सचेतना फैलाउने उदेश्यका साथ यो बर्ष २०२३ को नारा close the care gap ( हेरचाहामा हुने असमानता को अन्त गरौ )का साथ संसारभर बिभिन्न कार्यक्रमहरू संचालन भै रहेको छन। बिश्व स्वास्थ्य संगठन WHO को अनुसार बिश्वभर मृत्युको दोस्रो प्रमुख कारण नै क्यान्सर रहेको छ।६ जना मानिसको मृत्युहुदा ६ मध्ये १ जना मानिसको मृत्यु को कारण क्यान्सर हुने गरेको छ। सन् २०१८ को रिपोर्ट अनुसार, बिश्वभर ९६ लाख मानिसहरू क्यान्सर बाट मृत्यु भएको थिए।

नेपालको सन्दर्भमा भन्ने हो भने बार्षिक २७ हजार भन्दा बडी मानिसहरूको मृत्यु क्यान्सरको कारणबाट हुनेगरेको छ।बिश्वभर दिन प्रतिदिन क्यान्सर रोग फैलने प्रकृया बडिरहेको छ।यो रोग ले बिकराल अवस्था ल्याउन दिनुअगाडि नै सबै क्षेत्रबाट आबश्यक पहलकदमि को टड्कारो आबश्यकता अपरिहार्य भैसकेको छ।धुम्म्रपान तथा सुर्तिजन्य पदार्थ, मदिरा, सारिरिक निस्कृयता तथा अन्य क्यान्सर रोग लाग्ने जोखिमका कारक तत्वहरू लाई हटाउन सकेमा मात्रै पनि ४०% क्यान्सर रोग लान्न बाट बच्न सकिन्छ भने अर्को तर्फ समयमै क्यान्सर रोग को पहिचान तथा रोगको प्रभाबकारी उपचार गर्न सके ७५% क्यान्सरलाई पुर्णरूपमा निको पार्न सकिन्छ। बिश्व क्यान्सर दिवसको यो बर्षको नाराले स्वास्थ क्षेत्रमा रहेको बिश्वब्यापी असमानता र मानबको बाच्नपाउनु पर्ने नैसर्गिक अधिकार को बारेमा उजागर गरेको छ।

नेपाल जस्ता न्यून तथा मध्य आय भएका देशहरू आफ्ना आर्थिक अवस्थाका कारण क्यान्सर रोगको समग्र ब्यवस्थापन गर्न नसक्दा क्यान्सर रोगीहरूले समयमै रोग पत्ता लगाउने तथा उपचार गर्न पाउने असुबिस्ता का कारण अल्पायु मा नै आफ्नो ज्यान गुमाउनु परिरहेको तितो यतार्थ हो। संसारभर आज जेजति मानिसहरू क्यान्सर रोगबाट मृत्युबरण गर्दछ ति मध्ये ७०% मानिसहरूको मृत्यु नेपाल जस्ता न्यून तथा मध्य आय भएको राष्ट्रहरू बाट हुने गरेको छन् । बास्तबिकता यहिहो कि मानिसले जिउने जिवन र मरण बिचको भिन्नता उ बस्ने देश,क्षेत्र र ब्यक्तिको आर्थिक अबस्था बिसेक फरक फरक भएको छ। तुलनात्मकरूपमा बिकसीत देशहरू र मध्यम तथा कम आयश्रोत भयेका देशहरू बिच क्यान्सर बाट अल्पायु मा हुने मृत्यु दरको खाडल धेरै ठुलो छ।यसको मुख्यकारण श्वास्थ्य उपचारमा हुने पहुंचको कमी,आधुनिक श्वास्थ्य प्रबिधीको अभाब, आयश्रोतमा कमी,शिक्षा तथा प्रचार प्रसारमा कमी,जिवनशैली तथा यस्तै अन्य अभाब र असमर्थता का कारण हुन।

क्यान्सर रोग र यसको कारक तत्व को बारेमा जनमानसमा सुसिचित गराउने,क्यान्सरको उपचारमा संलग्न स्वास्थ्य कर्मी तथा बिशेषक्षहरू लाई आधुनिक प्रबिधी उपलब्ध गराउने तथा दक्षता बृद्धी गराउने,समुदायलाई प्रदान गरिने प्राथमिक स्वास्थ्य सुबिधा बडाउने,जनस्वास्थ्यमा प्रतिकुल असर पार्ने सामाजिक तथा आर्थिक पक्ष को लागि आबस्यक रणनिति तथा कार्यक्रम ल्याउने, राष्ट्रिय स्तरमा क्यान्सरको बारेमा अनुसन्धान तथा खोजीनिती को लागि आबश्यक जनसक्ति र बजेट को ब्यवस्थापन सहित राजनीतिक इच्छाशक्तिका साथ समाजका हरेक क्षेत्र,ब्यक्ति, क्यान्सर को क्षेत्रमा कृयासिल संघसंस्थाहरू, अन्तराष्ट्रिय संघसंस्था तथा एजेन्सिहरू एवं देशहरूको बिश्वब्यापी एकिकृत समन्वय र सहयोग बाट मात्रै यो असमानताको खाडल लाई कम गर्न सकिन्छ।यहि असमानता हटाउनु नै आजको आबश्यकता हो ।संसारको जुनसुकै कुनामा बसेपनि शिक्षा र आर्थिक अवस्था को स्तर जेजस्तो भएपनि क्यान्सर रोग बाट मानिसको अकाल मृत्युबाट बचाउन सबै ले समान निदान र उपचार पाउने सुनिस्चिता हुन पर्दछ।क्यान्सर रोग को उपचारमा भैरहेको असमानता लाई हटाइ लाखौको जिवन बचाउनुनै बिश्व क्यान्सर दिवस को यो नारा close the care gap को मर्म हो। लेखक नेपाल अर्बुद रोग निबारण संस्था को अध्यक्ष हुनुहुन्छ

सम्बन्धित समाचार