free website hit counter

समस्या पर्यो भने हामी छौं : चीन

beemaadmin
२०७६ चैत्र २४, सोमबार

काठमाडौं । कोरोनासँगको युद्धमा विजयी भिएको छिमेकी चीनले कोरोना भाइरसविरूद्ध लडाइँमा नेपाललाई सकेको सबै सहयोग गर्ने बताएको छ। पालका लागि चिनियाँ राजदूत होउ यान्छीले पत्रकारहरूसँग कुरा गर्दै चीनमा कोरोनाको महामारी फैलिँदा धेरै देशले सहयोग गरेको र अहिले चीनले पनि अरू देशलाई सहयोग गरिरहेको बताइन्। महामारीसँग लड्न चीनलाई अप्ठ्यारो परेका बेला नेपालले मूल्यवान सहयोग दियो, जुन सहयोग चिनियाँ जनताले कहिल्यै बिर्सने छैनन्, अहिले नेपालमा महामारी फैलिरहेको छ र चीनले पनि आफूले सकेजति नेपाललाई सहयोग गर्न खोजिरहेको छ, उनले भनिन् ।
उनले सम्बन्धित मन्त्रालयहरूसँग महामारी रोकथाम र नियन्त्रण, उपचार र क्वारेन्टाइन लगायत विषयमा सूचना आदानप्रदान गर्न दूतावासले एउटा संयुक्त समूह बनाएको जानकारी दिइन्। अहिलेको मुख्य समस्या ढुवानी भएको छ। दूतावासले तत्काल भन्सार क्लियरेन्स र ढुवानीका लागि सबै पक्षसँग कुरा गरिरहेको उनले बताइन् ।

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार