free website hit counter

समाज परिवर्तक निरौलालाई राष्ट्रिय सेवा सम्मान

beemaadmin
२०८० बैशाख ६, बुधबार

काठमाडौं । वि.सं. २०३४ सालमा पाँचथर जिल्लाको हालको तुम्बेवामा जन्मिनुभएका दीपक निरौला ललितपुर १३ कुसुन्तीमा स्थायी बसोबार गर्दै आउनुभएको छ । हाल अमेरिकाको न्यूह्याम्सयायार राज्यमा बसोबास गर्दै आउनुभएका समाज परिवर्तक निरौलाले त्रिभवुन विश्वविद्यालयबाट एमएसम्मको अध्ययन गर्नुभएको छ । बेटरलाइफ अर्गनाइजेशनको संस्थापक अध्यक्ष रहनुभएका निरौला नेपालमा समाज परिवर्तनका क्षेत्रमा पु¥याउनुभएको योगदानको कदर गर्दै विभिन्न सामाजिक संघ संस्थाहरूले सम्मान र पुरस्कार प्रदान गरेका छन् । घरवारविहीन, द्वन्द्वपीडित, अति गरिब र पिछडा वर्गका बालबालिको स्वास्थ्य, शिक्षा र खानपानमा विशेष सहयोग पु¥याउँदै आउनुभएका निरौलाले सामाजिक विसंगतिलाई सुधार गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आउनु भएको छ ।
वैदेशिक रोजगारलाई व्यवस्थित गर्नका लागि पुस्तक समेत प्रकाशित गर्नुभएका सामाजिक अभियन्ता दीपक निरौलालाई राष्ट्रिय सेवा सम्मान २०७३ द्वारा समेत सम्मानित भइसक्नुभएको छ । बिपन्न र द्वन्द्वपीडित बस्तीका बालबालिकाको शिक्षा, स्वास्थ्य, खानपानको अधिकार र सामाजिक विसंगतिलाई सुधार गर्न अभियान चलाउँदै आउनुभएका निरौलाले विभिन्न संघ संस्था मार्फत् समाज सेवामा खेल्नुभएको महत्वपूर्ण भूमिकाकै कारण उहाँ विभिन्न सम्मान र पुरस्कारबाट सम्मानित भइसक्नुभएको छ । यसै क्रममा “राष्ट्रिय साँस्कृतिक सम्पदा विकास समाज” उहाँलाई नेपालको पर्यटन प्रवद्र्धन र सामाजिक क्षेत्रमा उहाँले पु¥याएको योगदानको कदर गर्दै उक्त
सम्मान प्रदान गरेको हो ।

जानकी स्कूलद्वारा बेटर लाइफलाई सम्मान
जानकी इङ्लिस बोर्डिङ स्कुल (सामुदायिक विद्यालय) ले ग्रामीण नेपालको शिक्षालाई सहयोग गर्ने सामाजिक संस्था बेटर लाइफलाई सम्मान गरेको छ । सर्लाहीको बबरगञ्जस्थित जानकी इङ्लिस बोर्डिङ स्कुलले बेटर लाइफ सामाजिक संस्था र यसका अगुवा दिपक र भूपाल निरौलालाई यहाँका कमजोर बालबालिकालाई शिक्षा र अत्यावश्यक आवश्यकताहरू उपलब्ध गराउन निरन्तर सहयोग गरेको भन्दै प्रशंसापत्र प्रदान गरेको हो ।
बेटर लाइफ सामाजिक संस्थाले समुदायका बालबालिकाको जीवनस्तर उकास्न विद्यालय निर्माणदेखि शिक्षकको तलब, स्टेशनरी, ड्रेस, खाजा, खानेपानीको पम्प, पानीको फिल्टरलगायतका क्षेत्रमा विद्यालय र घरपरिवारमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । ‘हामी यस प्रयासमा तपाईंको साझेदारीको लागि हाम्रो गहिरो कृतज्ञता र सम्मान व्यक्त गर्दछौं । हाम्रो समुदायप्रतिको तपाईंको प्रतिबद्धतालाई बेवास्ता गरिएको छैन, र हामी तपाईंलाई यो प्रशंसा प्रमाणपत्र प्रदान गर्न पाउँदा हर्षित छौं’, जानकी स्कूलले जारी गरेको विज्ञप्तिमा भनिएको छ । सो अवसरमा बोल्दै बेटर लाइफ सामाजिक संस्थाका अगुवा दिपक र भूपाल निरौलाले उक्त सम्मानको कदर गर्दै समुदायका बालबालिकाको जीवनस्तर उकास्न निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
२०७९ साल चैत २ गते जानकी इङ्लिस बोर्डिङ स्कुलमा आयोजित एक कार्यक्रममा बेटर लाइफ सामाजिक संस्थाका अगुवाहरूलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा समुदायका सदस्यहरू र अन्य सरोकारवालाहरूको बाक्लो उपस्थिति रहेको थियो जसले ग्रामीण बालबालिकाको शिक्षा र जीवनको गुणस्तर सुधार गर्न संस्थाको योगदानको लागि कृतज्ञता व्यक्त गरेका थिए । बेटर लाइफ सामाजिक संस्था र जानकी इङ्लिस बोर्डिङ स्कुलबीचको साझेदारीले शिक्षाको गुणस्तर र आवश्यक सेवा सुविधा वृद्धिमा महत्वपूर्ण भूमिका निभाएको छ । बालबालिकाको लागि सकारात्मक परिवर्तन र आशा ल्याउन संस्थाको अमूल्य योगदान रहेको छ । जानकी अंग्रेजी बोर्डिङ स्कूल चन्द्रनगर–२, बबरगञ्ज, सर्लाहीमा अवस्थित एउटा सामुदायिक विद्यालय हो । जुन विद्यालयले ग्रामीण क्षेत्रका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्दै शिक्षा क्षेत्रको सुधारमा महत्वपूर्ण भूमिका खेलेको छ ।
निरौला सन् २०११ देखि हालसम्म बेटर लाइफ सामाजिक संस्थाको संस्थापक अध्यक्ष हुनुहुन्छ । नेपालमा सो संस्थाले सर्वोत्कृष्ट सामाजिक योगदानका काम गर्दै आएको छ । यो संस्था एक गैर–लाभकारी संस्था हो जुन ग्रामीण नेपालका बालबालिकाको जीवन सुधारमा समर्पित छ । संस्थाले समुदायका कमजोर बालबालिकाका लागि शिक्षा, सफा पानी र आधारभूत आवश्यकताहरूमा पहुँच उपलब्ध गराउनमा केन्द्रित छ । हाल उहाँ अमेरिकामा रहे पनि उक्त संस्थामार्फत् नेपालका ग्रामीण भेगमा सामाजिक जागरणको कार्यमा सक्रिय हुनुहुन्छ । निरौला सो संस्थाका अलावा अन्य सामािजक संघसंस्था र जागरणको क्षेत्रमा समेत क्रियाशील हुनुहुन्छ ।

सम्बन्धित समाचार