free website hit counter

समानुपातिकमा पनि घण्टीकै दबदबा

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

काठमाडौँ । प्रतिनिधिसभा सदस्य अन्तर्गत समानुपातिकतर्फको मतगणना पनि जारी रहेको छ । प्रत्यक्षतर्फको मतगणन सकिएका क्षेत्रमा अहिले समानुपातिकतर्फको मतगणना भइरहेको हो । जारी मतगणनाअनुसार समानुपातिकतर्फ अहिलेसम्म २१ लाख ७१ हजार बढी मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ११ लाख १६ हजार बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेसले ३ लाख ६७ हजार, नेकपा एमालेले २ लाख ९५ हजार र नेपाली कम्युनिस्ट पार्टीले १ लाख ३० हजार मत प्राप्त गरेका छन् । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले ८० हजार, श्रम संस्कृति पार्टीले ४५ हजार, राष्ट्रिय परिवर्तन पार्टी २५ हजार, जनता समाजवादी पार्टी नेपालले १७ हजार मत पाएको छ ।

सम्बन्धित समाचार