free website hit counter

सरकारी पासमै आएको थियो राजधानीमा कोरोना

beemaadmin
२०७७ बैशाख ३१, बुधबार

काठमाडौं । जो जहाँ छ त्यही रहने लकडाउनको नीति विपरित चलहपहल बढाउँदा एक्कासी कोरोनाको संक्रमण फैलिएको छ । कोरोनामुक्त भएको राजधानी केही खुकुराले बनाउने बित्तिकै ३ संक्रमित फेला परेका छन् । यो प्रारम्भ मात्रै हो । लकडाउन खुकुलो पारेपछि झण्डै ४० हजार मानिस राजधानी छिरेको बताइन्छ । तिनीहरुको परक्षण गर्ने हो भने संक्रमितको संख्या अझै बढ्ने विज्ञहरुले बताएका छन् ।
मंगलबार राजधानीमा तीन जना कोरोना संक्रमित भेटिएपछि सबैको ध्यान ति संक्रमितहरु को हुन र कहाँबाट आएका हुन भन्नेबारे सबैमा कौतुहलता हुने नै भयो ।
उपत्यकामा कोरोना भाइरसको पुष्टि भएका मध्ये दुई जना महिला र एकजना पुरुष रहेका छन् । संक्रमित मध्ये एक जना महिला चन्द्रागिरि नगरपालिकाकी रहेकी छन् । स्रोतका अनुसार ३३ वर्षिया महिला ती महिला लकडाउन कै दौरान बैशाख २९ गते कञ्चनपुरबाट राजधानी भित्रिएकी थिइन् । ती महिला नीजि गाडीको पास बनाएर काठमाडौं आएकी हुन्।
अर्को एक महिला र पुरुष भने भक्तपुरका रहेका छन् । भक्तपुरकी २५ वर्षिया महिला सुनसरीबाट बैशाख २९ गते मोटरसाइकलको पास बनाएर काठमाडौं आएकी थिइन्। काठमाडौं आइसकेपछि उनी भक्तपुरस्थित ठिमीमा साथीको कोठामा बसेकी थिइन् ।

भक्तपुरकै अर्का संक्रमित २७ वर्षिय पुरुष पर्साबाट राजधानी भित्रिएका थिए । उनी दुवाकोटस्थित आफ्नै डेरामा बस्दै आएका थिए बसेका थिए। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरु कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ ।मंगलबार एकैदिन नेपालमा ८३ जनामा कोभिड १९ पुष्टि भएको हो ।

सम्बन्धित समाचार