free website hit counter

अध्यक्ष ओझाको योग्यता सम्बन्धी मुद्दामा पूर्ण सुनुवाई गर्न सर्वोच्चको आदेश

beemaadmin
२०८२ जेष्ठ २०, मंगलवार

काठमाडौं । यहाँ राम्रा र विषय विज्ञ मानिस भन्दा पनि पार्टीगत भागवण्डामा हाम्रा मान्छे नियुक्त गर्ने प्रवृत्तिले हरेक नियुक्तिमा प्रश्न उठ्ने गरेको छ । नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाको नियुक्ति विवाद सर्वोच्च अदालतको पूर्ण इजलास पुगेको छ। सर्वोच्चका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको इजलासले सोमबार यस विवादलाई पूर्ण इजलास पठाउने आदेश गरेको हो। ओझालाई सरकारले गत फागुन १३ गते बिमा प्राधिकरणको अध्यक्ष पदमा नियुक्त गरेको थियो। उनको योग्यतामा प्रश्न उठाउँदै अधिवक्ता इन्दिरा धमलाले चैत १७ गते रिट दायर गरेकी थिइन्। प्राधिकरणको अध्यक्ष बन्न ओझाको योग्यता नपुग्ने भएकाले बदर गर्नुपर्ने रिटमा माग गरिएको छ। उनलाई तत्काल काम गर्न रोक्नका लागि पनि अन्तरिम आदेश माग गरिएको थियो। यसअघि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र नित्यानन्द पाण्डेयको इजलासले ओझालाई नियुक्त गर्न लिइएका आधारसम्बन्धी कागजात झिकाउन आदेश दिएको दिएको थियो। यसमा लिखित जवाफ प्राप्त भइसकेकाले अन्तरिम आदेशबारे छलफल गर्नु नपर्ने र गम्भीर विवाद समावेश भएकाले पूर्ण इजलासबाटै निरुपण हुनुपर्ने भन्दै सोमबारको इजलासले पूर्ण इजलास पठाउने आदेश गरेको हो। ओझाले कार्य अनुभवको फर्जी कागजात पेस गरी नियुक्ति दाबी गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको छ। यस विषयमा अख्तियारले छानबिन अघि बढाएको छ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार