free website hit counter

सर्वोत्तम सिमेन्टको नाफा बढ्यो

beemaadmin
२०८२ जेष्ठ १, बिहीबार

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ६० करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९९.३३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १२ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीको बिक्री आम्दानी बढेसँगै खुद नाफा पनि उल्लेख्य बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ११५.२१ प्रतिशत बढेर ९ अर्ब ८१ करोड १४ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल नाफा समीक्षा अवधिमा १११.९७ प्रतिशत बढेको छ भने अन्य आम्दानी ३०५.०६ प्रतिशत बढेको छ। समीक्षा अवधिमा कम्पनीको खर्च ३०.०९ प्रतिशत बढेको छ। नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १२ रुपैयाँ ७० पैसा बढेर १६ रुपैयाँ १६ पैसा पुगेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १९३ रुपैयाँ ९३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४८.८५ गुणा रहेको छ। ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा ४ अर्ब ३३ करोड ६३ लाख रुपैयाँ रहेको छ।

सम्बन्धित समाचार

सुनको मूल्यमा भारी गिरावट

beemaadmin
२०८३ जेष्ठ १, शुक्रबार

सलिकोको नाफा १३ करोड ३२ लाखमा सीमित

beemaadmin
२०८३ बैशाख ३१, बिहीबार