free website hit counter

सर्वोत्तम सिमेन्टको साधारण सभाद्वारा लाभांशको प्रस्ताव पारित

beemaadmin
२०८१ बैशाख १४, शुक्रबार

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको पाँचौ बार्षिक साधारण सभाले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्टको साधारण सभा बुधबार रुपन्देही जिल्ला सिद्धार्थ नगरपालिका भैरहवा स्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न भएको हो। उक्त सभाले कम्पनीको चुक्ता पुँजीको १५ प्रतिशत (कर सहित) नगद लाभाँश बाँड्ने प्रस्ताव पनि स्वीकृत गरेको छ । सो सभाले लेखा परिक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आव २०७१–०८० को नाफा नोक्सान हिसाब सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण ,आर्थिक वर्ष २०८०–०८१ को लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि पारित गरेको छ। सभाले संस्थापक शेयरधनी समूहबाट ५ ९पाँच० जना संचालकहरु विष्णु प्रसाद न्यौपाने, बिमल कुमार सावरथिया, टिकाराम न्यौपाने, तेन्जीङ लाग्देन तामाङ, उत्सब न्यौपाने तथा सर्वसाधारण शेयरधनी समूहबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने एक जना संचालकमा शिव सिंह कार्की निर्विरोध निर्वाचित भएका छन् । यसका साथै स्वतन्त्र संचालकमा एक जना नेहा अग्रवाललाई मनोनित गरिएको छ । सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष के।सी।ले कम्पनीका सबै संचालक समिति, ग्राहकहरु, कर्मचारी वर्ग तथा शेयरधनीहरु प्रति आभार प्रकट गर्दै हालका विभिन्न चुनौतीहरुको सामना गर्दै सर्वोत्तम सिमेन्टलाई एक उत्कृष्ट कम्पनी बनाउने प्रतिबद्धता जनाएका छन्।

सम्बन्धित समाचार

किन रोकियो सिटिजन लाइफको लाभांश

beemaadmin
२०८१ बैशाख २४, सोमबार

मिथिला लघुवित्तको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २४, सोमबार

आशा लघुवित्तको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २४, सोमबार