free website hit counter

सर्वोत्तम सिमेन्टले कमायो १ अर्ब नाफा

beemaadmin
२०८२ भाद्र २, सोमबार

काठमाडौं । सर्वोत्तम सिमेन्टले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा वर्ष १ अर्ब ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो नाफा ५७२.५२ प्रतिशत बढेको हो। बिक्री आम्दानी बढेसँगै कम्पनीको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ४९.८७ प्रतिशत बढेर ९ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, समीक्षा अवधिमा कम्पनीको कुल नाफा १७३.०१ प्रतिशत बढेको छ भने अन्य आम्दानी २१८.०२ प्रतिशत बढेको छ। कम्पनीको कुल खर्च भने ५४.३८ प्रतिशत बढेको छ। नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १६ रुपैयाँ ९८ पैसा बढेर २० रुपैयाँ १९ पैसा पुगेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २०२ रुपैयाँ रहेको छ। ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ४ अर्ब ७३ करोड ७९ लाख रुपैयाँ रहेको छ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार