काठमाडौं । सुनको भाउ उकालो लाग्ने र ओरालो झर्ने क्रम जारी नै रहेको बेला सोमबार सुन र चाँदीको भाउ सस्तिएको छ । मंसिर १२ गते, सुन तोलामा ३०० रुपैयाँले घटेको छ । चाँदी पनि आज प्रतितोला पाँच रुपैयाँले गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९७ हजार रुपैयाँमा झरेको छ ।
सुनको भाउ निरन्तर तीन दिन स्थिर रहेको थियो । साताको पहिलो दिन, सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । सोमबार चाँदीको मूल्य पनि ओरालो लागेको छ । यस दिन चाँदी प्रतितोला १० रुपैयाँले घटेर एक हजार २८५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । चाँदीको मूल्य लगातार दुई दिन स्थिर रहेको थियो । आइतबार चाँदी प्रतितोला एक हजार २८५ रुपैयाँ कायम रहेको थियो ।