free website hit counter

सह–सम्पादक गौतम चारवटा स्वर्ण पदकबाट सम्मानित हुँदै

beemaadmin
२०७६ मंसिर १५, आईतवार

काठमाडौं । अध्यापन क्षेत्रमा क्रियाशील एवं अर्थबीमा डट कमका सहसम्पादक गणेश गौतम पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा चारवटा विधामा स्वर्ण पदकबाट सम्मानित हुने भएका छन् । विश्वविद्यालयको आगामी मंसिर २७ हुन गइरहेको दीक्षान्त समारोहमा गौतमलाई सम्मान गर्न लागिएको हो । गौतम विश्वविद्यालय अन्तर्गतको विश्वविद्यालय सर्वोत्तम मानिने विश्वविद्यालय स्वर्ण पदक, विज्ञान तथा प्रविधि शंकायको सर्वोत्तम रामलाल गोल्छा स्वर्ण पदक, आईटी र इन्जिनियरिङ कार्यक्रमको सर्वोत्तम मानिने स्व. डिल्लीबहादुर अधिकारी स्वर्ण पदक र स्नातकोत्तर तह सर्वोत्तम नारायणप्रसाद कोइराला स्वर्ण पदकबाट सम्मानित हुन लागेका हुन् ।

सम्बन्धित समाचार