free website hit counter

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

beemaadmin
२०८१ पुष ३, बुधबार

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको पुस २ गते बसेको १५१ औँ बैठकले चुक्ता पूँजी तीन र्अब ४३ करोड ९ लाख रुपैयाँको ३.८४ हुन आउने १३ करोड १८ लाख ७८ हजार ३३४ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसमध्ये बोनस शेयर ३.६५ प्रतिशत र कर प्रयोजनको लागि ०।१९ प्रतिशत नगद लाभांश रहेको छ। सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती तथा कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात् मात्र शेयरधनीले पाउनेछन् ।

सम्बन्धित समाचार