free website hit counter

सागका खेलाडीको ५ लाखको दुर्घटना बीमा

beemaadmin
२०७६ मंसिर १०, मंगलवार

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग–२०७६) अन्तर्गत विभिन्न खेलहरुमा सहभागि हुने खेलाडीको प्रतिव्यक्ति ५ लाखका दरले सामूहिक दुर्घटना बीमा आईएमई जनरल इन्स्योरेन्सले गर्ने भएको छ । इन्स्योरेन्स कम्पनीले सागअन्तर्गत खेलकुद कार्यक्रममा सहभागि हुने वैदेशिक खेलाडी तथा खेलकर्मी तथा अन्य वैदेशिक पदाधिकारीहरुको उक्त रकम बराबरको सामूहिक दुर्घटना बीमा गराउन लागेको हो ।
सो सम्बन्धी सम्झौता राष्ट्रिय खेलकुद परिषद र आइएमई जनरल इन्स्योरेन्सबीच सम्पन्न भएको छ । राष्ट्रिय खेलकुद परिषदको सचिवालय तथा १३औं दक्षिण एसियाली खेलकुद २०७३ को मूल आयोजक समितिको तर्फबाट सदस्य सचिव रमेश सिलवाल र आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
साथै, उक्त सम्झौता अनुसार खेलकुद आयोजनाको समयावधी अर्थात मंसिर १५ गतेदेखि मंसिर २४ गतेसम्मको लागि यस इन्स्योरेन्सलाई आधिकारिक बीमा प्रायोजकको रुपमा नियुक्त गरिएको छ । सम्झौता कार्यक्रममा सदस्य सचिव रमेश सिलवालले इन्स्योरेन्सलाई धन्यवाद ज्ञापन गर्दै आईएमई जनरल इन्स्योरेन्ससँग आगामी दिनमा सँगै अघि बढ्ने बताएका छन् । भने यति ठूलो अवसर प्रदान गरेकोमा इन्स्योरेन्सका सीईओ श्रेष्ठले खेलकुद परिषदलाई धन्यवाद ज्ञापन गरे ।

सम्बन्धित समाचार