काठमाडौं । साताको पहिलो दिन,सुनचाँदीको मूल्य वृद्धि भएको छ । भदौ १९ गते, सुन तोलामा ६०० रुपैयाँले महंगिएको छ । आइतबार चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा र ९३ हजार १०० रुपैयाँमा पुगेको छ । शुक्रबार भने सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो । त्यस दिन सुन प्रतितोला ९३ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।
चाँदीको मूल्य निरन्तर दोश्रो दिन पनि महंगिएको छ । आइतबार चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार ११० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो साताको अन्तिम कारोबार दिन, चाँदी प्रतितोला पाँच रुपैयाँले उृकालो लाग्दा प्रतितोला एक हजार १०५ रुपैयाँ तोकिएको थियो ।