free website hit counter

सातामा प्रतितोला १० हजार ५ सयले बढेको सुन अब के होला ?

beemaadmin
२०८१ चैत्र ३०, आईतवार

काठमाडौं । गत साता प्रतितोला १० हजार ५ सयले मूल्यवृद्धि भएको सुन यो साता के होला भन्ने कौतुहलता बढेको छ । साताको आइतबार, सोमबार र मंगलबार सुनको मूल्यमा निरन्तर गिरावट देखिएको थियो । आइतबार प्रतितोला १९ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार प्रतितोला सात सय रुपैयाँ र मंगलबार चार सय रुपैयाँले घट्यो । मूल्य घटेसँगै तीन दिन सुनको मूल्य क्रमशः १ लाख ७४ हजार पाँच सय रुपैयाँ, १ लाख ७३ हजार आठ सय रुपैयाँ र १ लाख ७३ हजार चार सय रुपैयाँमा कारोबार भयो । लगातार तीन दिनसम्म घटेको सुनको मूल्यदेखि भने बढ्यो । बुधबार प्रतितोला २ हजार रुपैयाँले बढ्दै सुनको मूल्य प्रतितोला १ लाख ७५ हजार चार सय रुपैयाँ पुग्यो । त्यस्तै, बिहीबार ५७ सय रुपैयाँले बढेको सुनको मूल्य शुक्रबार ३९ सय रुपैयाँले बढ्यो । मूल्यमा भारी रकमको वृद्धिसँगै बुधबार प्रतितोला १ लाख ८१ हजार एक सय रुपैयाँले बढ्दै ऐतिहासिक बिन्दुमा पुग्यो। यस्तै, साताको अन्तिम कारोबारको दिन शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य प्रतितोला १ लाख ८५ हजार रुपैयाँ पुग्यो । समग्रमा यो साता सुनको मूल्यमा १० हजार ५ सय रुपैयाँको वृद्धि देखियो ।

सम्बन्धित समाचार