free website hit counter

सातौं दिनमा सेयर बजार २७.९ अंकले बढ्यो

beemaadmin
२०८० पुष १८, बुधबार

काठमाडौं । अघिल्ला ६ कारोबार दिनसम्म घटेको सेयर बजार बुधबार भने २७.९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २०५८ विन्दुमा कायम भएको छ । कारोबार रकम भने अघिल्लो दिनकै बराबर ४ अर्ब ४ करोड रुपैयाँको भएको छ । सबै समूहका सूचक बढेका छन् । हाइड्रोपावर समूह सबैभन्दा धेरै ३ प्रतिशत बढ्यो । अंकका आधारमा बैंकिङ ४, विकास बैंक ४३, फाइनान्स ३०, होटल तथा पर्यटन १४७, हाइड्रोपावर ७१, जीवन बीमा ८१, उत्पादन १२३, माइक्रोफाइनान्स २०, निर्जीवन बीमा २२१, अन्य २३ र ब्यापार समूह ५ अंक बढे । ९ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । दिव्यश्वरी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, पिपुल्स हाइड्रोपावर, भगवती हाइड्रोपावर, सोनापुर सिमेन्ट, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी र पन्चकन्या माइ हाइड्रोको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ९.६, भूगोल इनर्जीको ९.३, माउन्टेन इनर्जीको ८.८, सगरमाथा जलविद्युतका् ८.७, नेपाल रिपब्लिक मिडियाको ८.२ प्रतिशत मूल्य बढ्यो । लक्ष्मी लघुवित्तको मूल्य सबैभन्दा धेरै ५ प्रतिशत घट्यो । मनकामना स्मार्ट लघुवित्तको ३.८, समता घरेलु लघुवित्तको २.८ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, शिवम् सिमेन्ट, आईएमई लाइफ इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर र हाथवे इन्भेस्टमेन्ट कम्पनी क्रमशः अगाडि रहे ।

सम्बन्धित समाचार