free website hit counter

सात लघुवित्तको २३ करोडको आईपीओ आउँदै

beemaadmin
२०७८ फाल्गुन १०, मंगलवार

काठमाडौं । शेयर बजारमा फेरि सात वटा लघुवित्त वित्तीय संस्थाले २३ करोड रूपैयाँको २३ लाख कित्ता साधारण सेयर (आईपीओ) आउने भएको छ । आईपीओ बिक्रीको अनुमति पखाईमा रहेका कम्पनीहरूले बोर्डको अनुमति पाउन साथ उक्त मूल्य बराबरको आईपीओ बिक्री गर्ने भएका हुन् । सात लघुवित्त कम्पनीहरूले २३ लाख ४ हजार ५५६ कित्ता आईपीओ बिक्रीको अनुमति मागेका छन् । आदर्श लघुवित्त वित्तीय संस्था, उपकार लघुवित्त वित्तीय संस्था र सिवाईसी नेपाल लघुवित्तले आईपीओ बिक्रीको अनुमति मागेका छन् ।
यस्तै, धौलागिरी लघुवित्त संस्था, अभियान लघुवित्त वित्तीय संस्था र बिपिडब्लु लघुवित्त वित्तीय संस्था र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले समेत आईपीओ बिक्रीको अनुमति मागेका छन् । यी सबै कम्पनीले बोर्डबाट अनुमति पाउनासाथ आईपीओको बिक्री खुलाउँछन् । बोर्डको अनुमति पाएपछि कम्पनीहरूले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित सेयर बिक्री खुलाउनेछन् । जसमध्ये अभियान लघुवित्तको सबैभन्दा ९ लाख ७५ हजार कित्ता आईपीओ आउनेछ । यस्तै, सिवाइसी लघुवित्तको ३ लाख ९५ हजार ३३६ कित्ता, धौलागिरी लघुवित्तको ३ लाख ३१ हजार कित्ता आईपीओ बिक्रीको अनुमति मागेका छन् । यसैगरी, उपकार लघुवित्तले २ लाख ६६ हजार २५० कित्ता, आत्मनिर्भर लघुवित्तले १ लाख ८० हजार कित्ता, बिपिडब्लु लघुवित्तले ९७ हजार कित्ता र आदर्श लघुवित्तले ६० हजार कित्ता आईपीओ बिक्रीको अनुमति मागेको बोर्डले जानकारी दिएको छ ।

सम्बन्धित समाचार